back
CTIZAN AD

लघुकथा : ह्विलचेयर

वि.सं.२०८१ जेठ १२ शनिवार

2.2K 

shares

मनीषकुमार शर्मा ‘समित’, मध्यपुर ठिमी, भक्तपुर

‘यति धेरै अपमानित त हामी कहिल्यै भएका थिएनौ ।’ मासबाट एक कुर्लिए ।

‘हो भन्या यो त थोते बुढालाई ठेट्ना मकै चपाउने दिए जस्तो भयो ।’ अर्का पनि कुर्लिए ।

एक दुई गर्दै आवाजले चर्को रूप लिन थालेपछि समारोहमा उपस्थित मन्त्रीले आफ्ना सहायकलाई बोलाउँदै सोधे –
‘के भयो ? के को हल्लिखल्लि हो ?’

‘हजुरले वितरण गर्नु भएको ह्विलचेयरको पाङ्ग्रा नै रहेन छ ।’ हतासमा सहायकले विन्ति बिसाए ।

‘हैन के भनेको ? यो त मेरो पनि सरासर मेरो बेइज्जत भयो । तुरुन्त वितरकलाई उपस्थित गराऊ त ।’ मन्त्रीको मुहारमा चिन्ता र आक्रोस पोखियो ।

वितरकलाई तत्काल उपस्थित गराउँन नसकेपनि फोन सम्पर्क गराए सहायकले । मन्त्री फोनमै वितरकसँग पड्किए –
‘के हो तपाईँको चाला ? यस्तो पनि बेइमानी गर्ने ? हक्काहाक्की लुटमार गर्ने ?’

उताबाट वितरकले नम्रता पेश गर्दै भने– ‘के गर्नु हजुर, सरकारले छुट्याएको रकमको ५० प्रतिशत रकम हजुरलाई टक्राउनु नपरेको भए पाङ्ग्रा सहितको ह्विलचेयर हैन अत्याधुनिक स्वचालित ह्विलचेयर नै पठाइदिन्थे ।’

 

 

वि.सं.२०८१ जेठ १२ शनिवार ०८:०५ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...