back
CTIZAN AD

कविता : सामूहिक आत्महत्या

वि.सं.२०८१ जेठ १२ शनिवार

1.7K 

shares

बाबुराम न्यौपाने ‘उत्स’, झापा

महान् युद्ध जितेर पनि
विकलांग सिपाहीको नियति
भोगिरहेको छ देश
नत
कोतपर्वको रगतको बाछिटाले
नत
नारायणहिटी वंशविनाशले
भारदारहरुको चेत खुल्यो
क्रान्तिका असरल्ल चित्कारहरु
बारुदको धूवाँमा
फूलको सुगन्ध खोजिरहेका छन् ।

हे !! मातृभूमि
तिम्रो कोमल गर्भाशय
बाँझो बनाएर
तिम्रा कुटिल रक्षकहरु
लोकतन्त्रको राँको
आफ्नै सन्तानको चितामा झोस्दै
बेमौसमी उत्सव मनाउन व्यस्त छन् ।

नायकहरुले सुनको सिंहासनमा
दिउँसै झुण्डिएर
सामूहिक
आत्मदाह गरेको समाचार
सञ्चारमाध्यामबाट प्रसार भईरहेको छ
यो शोकधुनमा
म कस्तो संगीत भरौँ ?
म रनभुल्लमा परेको समय हो यो ।

 

 

वि.सं.२०८१ जेठ १२ शनिवार ०८:०६ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...