back
CTIZAN AD

हरियो पत्तीको उत्पादन वृद्धि

वि.सं.२०७४ वैशाख २९ शुक्रवार

1.1K 

shares

२९ वैशाख,इलाम । मौसम अनुकूल भएकाले यस वर्ष इलाममा गत वर्षको तुलनामा हरियो पत्तीको उत्पादन बढेको छ । उत्पादन बढेकाले कारखानामा अहिले हरियोपत्ती प्रशोधनको चाप बढेको छ ।
गत वर्ष यही याममा ४० प्रतिशतसम्म उत्पादन घटे पनि यस वर्ष भने उत्पादन दोब्बर भएको छ । यतिबेलाको हरियोपत्ती गुणस्तरिय हुने कृषक बताउछन् । गत वर्ष सिँचाइ अभाव भएका ठाउँमा फस्ट फ्लस उत्पादन चैत अन्तिम सातामात्रै भएको थियो । यस वर्ष चैत सुरूमै चियाले उत्पादन दिन थालेकाले परिमाण पनि बढेको छ ।

सदरमुकामस्थित इलाम चिया बगानमा यस वर्ष पहिलो टिपाइमै १० हजार किलो हरियोेपत्ती उत्पादन भएको कारखानाकी इन्दिरा गुरूङले बताइन । कारखानाले दैनिक दुई सय ५० किलोभन्दा बढी हरियोपत्ती प्रशोधन गर्दै आएको छ ।

माइपोखरीस्थित माइपोखरी चिया प्रशोधन कारखानामा पनि यस वर्ष कारखानाले प्रशोधन गर्न नभ्याउने गरी हरियोपत्ती आएको कारखाना सञ्चालक शरद सुव्वाले बताए । उच्च गुणस्तरको अग्र्यानिक चिया उत्पादन बढेकाले कारखानाले सङ्कलन भएको हरियोपत्ती नजिकैको अर्को कारखाना पठाइरहेको जनाएको छ ।

फाकफोकस्थित तीनजुरे चिया सहकारी संस्थामा पनि यसपटक हरियोपत्ती उत्पादन बढेको छ । “गत वर्षभन्दा यस वर्ष ४५ प्रतिशत भन्दा बढी उत्पादन छ,” कारखानामा कार्यरत शरद शर्माले भने। सहकारीले आफैंँ कारखाना स्थापना गरेर पत्ती प्रशोधन गरिरहेको छ । यहाँ तयार भएको तयारी चिया जर्मनी, अमेरिका, जापानसम्म निकासी हुने गरेको छ । कारखानाले प्रतिकिलो रु ७० सम्ममा किसानबाट हरियोपत्ती खरिद गर्दै आएको संस्थाका व्यवस्थापक सोमनाथ शर्माले जानकारी दिए ।

वि.सं.२०७४ वैशाख २९ शुक्रवार ११:५५ मा प्रकाशित

राष्ट्रिय कृषि नीति, २०८३ जारी, यस्तो छ पूर्ण पाठ

राष्ट्रिय कृषि नीति, २०८३ जारी, यस्तो छ पूर्ण पाठ

काठमाडौँ ।, वन तथा पर्यावरण मन्त्रालयले नेपालको कृषि क्षेत्रलाई आधुनिक,...

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

स्याङ्जा । नेपाल सरकारको मिति २०८३ साउन ६ गतेको निर्णयअनुसार...

‘साउन १ गतेदेखि बर्डफ्लुको सङ्क्रमण देखिएको छैन’

‘साउन १ गतेदेखि बर्डफ्लुको सङ्क्रमण देखिएको छैन’

चितवन । पन्छीमा देखिएको बर्डफ्लुको सङ्क्रमण नियन्त्रणमा आउन थालेको छ...

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

वर्षाको असर मौरीपालनमा : चरन क्षेत्रका मौरीघार बगायो

वर्षाको असर मौरीपालनमा : चरन क्षेत्रका मौरीघार बगायो

नारायणगढ (चितवन) । अविरल वर्षापछि आएको बाढीका कारण चितवनको रत्ननगर...