back
CTIZAN AD

एक सयभन्दा बढी आचारसंहिता उल्लङ्घन

वि.सं.२०७४ वैशाख २९ शुक्रवार

843 

shares

२९ वैशाख,काठमाडौँ । स्थानीय तह निर्वाचन, २०७४ को निर्वाचनको मौनअवधिसम्ममा ६२ सञ्चारमाध्यमका एक सय १५ सामग्रीमा पत्रकार आचारसंहिता तथा निर्वाचन आचारसंहिता उल्लङ्घन भएको पाइएको छ । यही वैशाख १५ देखि २८ गतेसम्मका अवधिमा छापातर्फका ३४ माध्यममा ६६ सामग्री, विद्युतीयतर्फका १८ अनलाइनमा प्रकाशित÷प्रसारित २५ सामग्री, पाँच पाँच टेलिभिजन र रेडियोतर्फका १२–१२ सामग्रीले आचारसंहिता उल्लङ्घन गरेको पाइएको प्रेस काउन्सिल नेपालले जनाएको छ ।
काउन्सिलले पत्रकार आचारसंहिता तथा निर्वाचन आचारसंहिताको उल्लङ्घन गर्ने तीन छापा तथा पाँच पाँच रेडियो र टेलिभिजनलाई तुरुन्तै ध्यानाकर्षण गराएको मुख्य अधिकृत झवीन्द्र भुसालले जानकारी दिनुभयो ।आचारसंहिता आकर्षित भएका विषयवस्तुमा एकपक्षीय तथा सत्य, तथ्य र निष्पक्षता नभएको, निर्वाचन आचारसंहिताले तोकेको समयसीमाअनुरुप विज्ञापन प्रकाशन÷प्रसारण नभएको तथा निर्वाचनसम्बन्धी सभासम्मेलनको प्रत्यक्ष प्रसारण गरेर उल्लङ्घन गरेको पाइएको छ ।निर्वाचन आचारसंहिता अनुगमनको जिम्मेवारी पाएको काउन्सिलले गुणात्मक अनुगमन प्रणालीको दैनिक रुपमा र सङ्ख्यात्मक अनुगमनको साप्ताहिक रुपमा निर्वाचन आयोगलाई प्रतिवेदन दिँदै आएको छ ।

वि.सं.२०७४ वैशाख २९ शुक्रवार १२:०१ मा प्रकाशित

नेपाल–बंगलादेशबीच मत्स्य क्षेत्रमा सहकार्य विस्तार गर्न राजदूत रहमानको जोड

नेपाल–बंगलादेशबीच मत्स्य क्षेत्रमा सहकार्य विस्तार गर्न राजदूत रहमानको जोड

काठमाडौं । नेपालका लागि बंगलादेशका राजदूत शफिकुर रहमानले नेपाल र...

प्रधानमन्त्री कार्यालयले सार्वजनिक गर्यो चौंथो त्रैमासिक प्रगति विवरण

प्रधानमन्त्री कार्यालयले सार्वजनिक गर्यो चौंथो त्रैमासिक प्रगति विवरण

काठमाडौं । सरकारले शासकीय सुधारलाई प्राथमिकतामा राख्दै आफ्ना सय बुँदे...

सम्पत्ति शुद्धीकरण मुद्धामा ‘चक्रे मिलन’ दम्पत्तीले पाए सफाई

सम्पत्ति शुद्धीकरण मुद्धामा ‘चक्रे मिलन’ दम्पत्तीले पाए सफाई

काठमाडौं । सर्वोच्च अदालतले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा मिलन गुरुङ ‘चक्रे...

पर्वतारोही पुरबहादुर गुरुङको अन्त्येष्टि

पर्वतारोही पुरबहादुर गुरुङको अन्त्येष्टि

काठमाडौँ । पाकिस्तानस्थित ‘ब्रोड पिक’ हिमालमा अस्ताएका पर्वतारोही पुरबहादुर गुरुङ...

प्राथमिक पूँजी बजार सुधारका लागि धितोपत्र बोर्डले ल्यायो ‘श्वेतपत्र’, तीन चरणमा सुधार योजना

प्राथमिक पूँजी बजार सुधारका लागि धितोपत्र बोर्डले ल्यायो ‘श्वेतपत्र’, तीन चरणमा सुधार योजना

काठमाडौं । नेपाल धितोपत्र बोर्डले नेपालको प्राथमिक पूँजी बजारलाई गुणात्मक...

अमेरिकाको भिषाका लागि अन्तर्वार्तामा सत्य बोल्न दूतावासको आग्रह

अमेरिकाको भिषाका लागि अन्तर्वार्तामा सत्य बोल्न दूतावासको आग्रह

काठमाडौं । अमेरिकी भिसा आवेदन तथा अन्तर्वार्ताका क्रममा सोधिएका प्रश्नको...