back
CTIZAN AD

भोट हाल्न आतुर छन् मतदाता

वि.सं.२०७४ वैशाख २९ शुक्रवार

921 

shares
तस्बिरः नारायण ढुंगाना, रत्ननगर(चितवन),
तस्बिरः नारायण ढुंगाना, रत्ननगर(चितवन),

२९ वैशाख, रत्ननगर (चितवन) । फिल्म निर्माता तथा पत्रकार रवि अधिकारीले भरतपुर महानगर वडा नं ५ तोरीखेतमा रहेको मतदान केन्द्रबाट आज अस्थायी मतदाता परिचयपत्र लिए । उहाँले नागरिकताका आधारमा आफूसँगै बुबा बृखबहादुर, आमा लीलावती, दिदी सम्झना र भिनाजु जङ्गबहादुर कुँवरको परिचयपत्र झिके ।
अधिकारी भन्छन – “स्थानीय निकायको निर्वाचन दुई दशकपछि हुन लागेकाले आफ्नो गाउँको विकास गर्ने नेता छान्नका लागि भोट हाल्न व्यग्र चाहना छ ।” भोट हाल्न आतुर रहेको बताउँदै अधिकारीले अरुलाई पनि आफ्नो मतदान गर्ने अधिकार प्रयोग गर्न आग्रह गरे । अब जितेर आउने जनप्रतिनिधिले गाउँठाउँको विकास गर्लान् भन्ने उनलाई ठूलो आशा छ ।
भरतपुरकै लक्ष्मी विकले पनि आजै मतदाता परिचयपत्र लिइन । उनलेले श्रीमान् र छोराको समेत मतदाता परिचयपत्र आफैले लिइन् । “मतदान त गर्नै प¥यो नि, त्यही भएर गर्मी नभनीकन परिचयपत्र लिन आएको हो,” उनले भनिन्।
दुई हजार ८९१ मतदाता रहेको तोरीखेतको मतदानस्थलमा तीनवटा मतदान केन्द्र रहेका छन् । चर्को घाममा मतदाताले लामो लाइनमा लागेर मतदाता परिचयपत्र लिए । तेरीखेतको बुथमा दुई हजार ८९१ मतदातामध्ये आजसम्म ५० प्रतिशत भन्दा बढीले परिचयपत्र लिइसकेका ‘ख’ मतदान केन्द्रका मतदान अधिकृत कृष्ण रायमाझीले जानकारी दिए ।
‘क’ मतदान केन्द्रका मतदान अधिकृत दीपककुमार दास नाता खुलेको कुनै पनि प्रमाणका आधारमा परिवारका सदस्यले परिचयपत्र लिन सक्ने बताउछन । कुनै प्रमाण फेला नपरेमा सर्वदलीय निर्णय गरेर प्रमाणित गरेपछि परिचयपत्र दिने गरेको उनले बताउनुभयो ।
कुनै समस्या परेमा दलहरुका स्थानीय प्रतिनिधिसँग परामर्श गरेर निर्णय गर्ने जिल्ला निर्वाचन अधिकारी हरि ढकाल बताउछन् । उनले आज नारायणी, बालकुमारी, मङ्गलपुरलगायत क्षेत्रका विभिन्न मतदान केन्द्रको स्थलगत निरीक्षण गरे ।
जिल्लामा तीन लाख १३ हजार दुई मतदाता रहेका छन् । “आजसम्ममा ५० प्रतिशत भन्दा बढीले मतदाता परिचयपत्र लिइसकेका छन्,” ढकालले भने । चितवनमा एक महानगरपलिका, पाँच नगरपालिका र एक गाउँपालिका गरी सातवटा स्थानीय निकाय रहेको छ । यहाँ ५०४ जना जनप्रतिनिधिका लागि दुई हजार २०३ जनाको उम्मेदवारी परेको छ ।

वि.सं.२०७४ वैशाख २९ शुक्रवार ११:२६ मा प्रकाशित

नेपाल–बंगलादेशबीच मत्स्य क्षेत्रमा सहकार्य विस्तार गर्न राजदूत रहमानको जोड

नेपाल–बंगलादेशबीच मत्स्य क्षेत्रमा सहकार्य विस्तार गर्न राजदूत रहमानको जोड

काठमाडौं । नेपालका लागि बंगलादेशका राजदूत शफिकुर रहमानले नेपाल र...

प्रधानमन्त्री कार्यालयले सार्वजनिक गर्यो चौंथो त्रैमासिक प्रगति विवरण

प्रधानमन्त्री कार्यालयले सार्वजनिक गर्यो चौंथो त्रैमासिक प्रगति विवरण

काठमाडौं । सरकारले शासकीय सुधारलाई प्राथमिकतामा राख्दै आफ्ना सय बुँदे...

सम्पत्ति शुद्धीकरण मुद्धामा ‘चक्रे मिलन’ दम्पत्तीले पाए सफाई

सम्पत्ति शुद्धीकरण मुद्धामा ‘चक्रे मिलन’ दम्पत्तीले पाए सफाई

काठमाडौं । सर्वोच्च अदालतले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा मिलन गुरुङ ‘चक्रे...

पर्वतारोही पुरबहादुर गुरुङको अन्त्येष्टि

पर्वतारोही पुरबहादुर गुरुङको अन्त्येष्टि

काठमाडौँ । पाकिस्तानस्थित ‘ब्रोड पिक’ हिमालमा अस्ताएका पर्वतारोही पुरबहादुर गुरुङ...

प्राथमिक पूँजी बजार सुधारका लागि धितोपत्र बोर्डले ल्यायो ‘श्वेतपत्र’, तीन चरणमा सुधार योजना

प्राथमिक पूँजी बजार सुधारका लागि धितोपत्र बोर्डले ल्यायो ‘श्वेतपत्र’, तीन चरणमा सुधार योजना

काठमाडौं । नेपाल धितोपत्र बोर्डले नेपालको प्राथमिक पूँजी बजारलाई गुणात्मक...

अमेरिकाको भिषाका लागि अन्तर्वार्तामा सत्य बोल्न दूतावासको आग्रह

अमेरिकाको भिषाका लागि अन्तर्वार्तामा सत्य बोल्न दूतावासको आग्रह

काठमाडौं । अमेरिकी भिसा आवेदन तथा अन्तर्वार्ताका क्रममा सोधिएका प्रश्नको...