कुशलनाथ योगी, कालिकोट
ढुङ्गैको सामु झुकोस् यो शिर मेरो हो
ईश्वरप्रतिको आस्था मन्दिर मेरो हो
अर्कैको हुन्छ मरे आफ्नो के छ यहाँ
नसोच यो घर जग्गा जागिर मेरो हो
आजाद हुन्न म बिना आजादी खोज्छ
दुर्भाग्य निम्छरोको जन्जिर मेरो हो
आमा हेर्छिन् हाँस्छिन् छातीमा टाँस्छिन्
जुन मुस्काइरहेको तस्बिर मेरो हो
कोही मेरो नहुँदा पछुतो छैन कुनै
नाथ हुँ सारा दुनियाँ आखिर मेरो हो
बहर :मीर ( २२ मात्रा )
वि.सं.२०८१ जेठ २६ शनिवार ०७:३३ मा प्रकाशित






























