back
CTIZAN AD

कविता : बर्बाद नगरूँ पल

वि.सं.२०८१ असार १ शनिवार

1.6K 

shares

कलानिधि दाहाल, काठमाडौं

उज्यालो दिलको दीप दीपजस्तै भई बलूँ
प्रचण्ड तेजको गर्मी शीतजस्तै भई चलूँ ।
जम्ने बरफको बेला तातो तुफानमा झुलूँ
देखिने पहरामाथि सुनाखरी अझै फुलूँ ।।

रुञ्चे छन् घरमा आँसु अनन्त उक्लिऊँ उता
झुण्ड खल्ला सबै छाडी सीमा यी फुक्लिऊँ उता ।
थरी छन् शैलमा शैल एक देखिन्छ यो यता
नदी सहस्रमा एक सागर यो जतातता ।।

इन्द्रेणी तनमा एक सप्त अङ्ग अलग्गमा
वीणा झङ्कारमा एक छन् सञ्चार अलग्गमा ।
मान्छे स्वरूपमा एक स्वभाव छन् अलग्गमा
अङ्ग यो देखिने एक अहङ्कार अलग्गमा ।।

सागर गतिको हेरी किनारा नचुमूँ किन
छेक्ने ढिस्का भए फोरी अनन्त नघुमूँ किन ?
पत्थरका कडा डाँडा जोडधक्का न द्यूँ किन
बाधारहितमा शान्त सङ्गीत नपिऊँ किन ??

नदेखिने बगी भित्र संसार नघुमूँ र म
मिठो अदृश्यको यात्रा आफैँमा नचुमूँ र म ?
गालीका शब्द फालेर आली नचिल्लिऊँ र म
वासन्ती पालुवा पट्ट नफुटेर रहूँ र म ??

अन्यायका भए लाम दिऊँ धक्का धमाकमा
न्याय सलामका पञ्जा फैलिऊँ एकछत्तमा ।
अपूर्व पूर्वको लाली खाली मुहारमा झरूँ
नयाँ स्पर्श दिने रङ्ग लिई अङ्ग सबै भरूँ ।।

वृध्दका गीतका शब्द बर्बाद नगरूँ पल
चेतनाका भए दीप बल्छन् झल्मल झल्मल ।
उपदेश झिकी थोत्रा नगरूँ कत्ति खल्बल
लक्ष्य एक नयाँ उक्ली टेकूँ यी शैलका तल ।।

पहरा पाउमा राखी लाऊँ मलम घाउमा
प्राप्तिका आसले झुक्ने नबनोस् शिर पाउमा ।
सीमास्वार्थ सबै तोडूँ गोडूँ निस्वार्थको जग
दुवै हात खुला राखी देखिऊ दिल जग्मग ।।

खानु लाउनु बस्नाका च्यातूँ पाना म चर्चर
गन्गने गन्थने भाका जलाऊँ सबका घर ।
झल्झलाकारका ज्योति यात्रा रहस्यमा झरूँ
झिलिक्क झिल्किने बाँन्की नौला सबै भरूँ ।।

छन्द : अनुष्टुप

वि.सं.२०८१ असार १ शनिवार ०८:१५ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...