back
CTIZAN AD

लघुकथा : कुचोद्य

वि.सं.२०८१ असार १ शनिवार

1.7K 

shares

मनीषकुमार शर्मा ’समित’
मध्यपुर ठिमी, भक्तपुर

तीने, सत्रे, चौंसठ्ठेको अचानक जम्का भेट भयो । एकै आमाका तीन सन्तानको भेट धेरै समयपछि भएको थियो ।

‘बल्ल स्वतन्त्रको सास फेरियो ।’ कान्छो भाइ चौंसठ्ठेले दाइहरूतिर कर्के नजर लगाउँदै कुटिल मुस्कानमा भन्यो ।

‘ए हो ? तेरो टाउकोमा रहेको सत्र हजारको भार हामीलाई थाहा छैन र । कमसेकम मैले त्यत्रो विताण्डव त मच्चाएको थिइन । उत्तरी र दक्षिणी छिमेकीलाई सन्तुलित राखेर कसरी घर व्यवहार चलाएँ मलाई थाहा छ ।’ माइलो सत्रेले व्यङ्ग्य कस्यो ।

‘तिमीहरूले जे सुकै भन । मैले जे गरे ठिक गरेँ । दिनरातको किचलो र रक्तपात भन्दा एकछत्र राज उपयुक्त थियो । मैले त्यस समय मैले घरबार नमिलाएको भए तिमीहरूले ढलीमली गर्न कहाँ पाउँथ्यौ ?’ जेठो तीनेले आफ्नो तर्क पेस गर्यो ।

‘ल भो भो धेरै खोक्नु पर्दैन । तिम्रा निसङ्कुशताको गाथाले अझसम्म पिरोलेको छ ।’ चौंसठ्ठेको चर्को स्वर आयो ।

‘तैले जस्तो आफ्नो सन्तानलाई सात समुद्रपार लखटेको त थिइन नि । ‘हजुर खान पाइन’ भन्दा एक छाक त पुग्नेगरि दिएकै थिएँ । अहिले खान पाइन भन्दा लात हान्छस् ।’ तीनेले चौसठ्ठेलाई काँचै खाउँला झैं गर्यो ।

तीनै भाइको को सक्षम ? को कुशल व्यवस्थापक ? भन्ने विषयमा चर्काचर्की पर्यो । उनीहरूको गलबदीमा डुबे । तल्लाघरे कान्छा काका हस्याङफस्याङ गर्दै आएर हकार्दै भने, ‘नालायकहरू, तिमीहरू गलफती गरेर बस । उता तिमीहरूकी आमालाई फेरि बेथाले च्यापेको छ ।’

 

वि.सं.२०८१ असार १ शनिवार ०८:१६ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...