सुधिर थापा, काठमाडौं
तिमीसङ्ग मिल्ने न औकात मेरो
न केही दिने यो छ सौगात मेरो
सबै फूल एकै छ एकै बगौंचा
छ उस्तै अनौठो सधैं जात मेरो
भएको छ मेरो अझै जन्म बेग्लै
चलेको न पानी न यो भात मेरो
छ पशु झैं रहेको भएरै नि मान्छे
भयो जन्म एकै फरक बात मेरो
पुजेको छ ढुङ्गा उही देउता छ
यही देश मेरो यही थात मेरो ।
बहर : मुतकारिब मुसम्मन सालिम
अर्कान : फऊलुन फऊलुन फऊलुन फऊलुन
वजन : १२२ , १२२ , १२२ , १२२
वि.सं.२०८१ असार १ शनिवार ०८:१७ मा प्रकाशित






























