केशवप्रसाद ढकाल ’प्रीतबीज’
सिरान्चोक–७, गोरखा
तिमी हौ ज्ञानी खास छानेको मैले
बनूँ राजा तिम्रो छु ठानेको मैले
कुरा तिम्रा मन्थन गरी माग्दा जीवन
तिमी राजी हुन्छ्यौ छु मानेको मैले
भए खाँचो केही यहाँ बोल्नैपर्ने
सबैलाई भन्ने छु जानेको मैले
थियौ आफैँ क्रोधी हिजो मैले देख्दा
भलो तिम्रै ठानी हुँ तानेको मैले
तिमीसङ्गै मेरा कुरा मिल्लान् ठानी
प्रतीक्षामै यौवन छु धानेको मैले ।
बहर-अनुराग
अर्कान-मुफाईलुन् फैलुन् मुफाईलुन् फैलुन्
वजन – १२२२ / २२ / १२२२ / २२
काफिया-आ
तहलिली रदिफ-नेको
रदिफ-मैले
वि.सं.२०८१ असार ८ शनिवार ०९:१३ मा प्रकाशित






























