भगवती दवाडी, झापा
इमानी मन बुझ्ने छु ठानेको मैले
सयौँ मान्छेभित्रै हुँ छानेको मैले
सगर जत्रो माया छ उनको मनमुटुमा
करोडौँमा हो मित्र मानेको मैले
विवेकी ऊ धेरै छ लायक हो सम्झी
बनाएँ प्रेमी मर्द जानेको मैले
झटारो हान्ने ऊ बगैंचाको फलमा
छु बेच्दै फल घरबार धानेको मैले
यता हामी बस्छौँ उनी परदेशी हुन्
बहानाले पैसा छु तानेको मैले
बहर-अनुराग
अर्कान-मुफाईलुन् फैलुन् मुफाईलुन् फैलुन्
वजन- १२२२ / २२ / १२२२ / २२
काफिया-आ
तहलिली रदिफ – नेको
रदिफ–मैले
वि.सं.२०८१ असार ८ शनिवार ०८:५९ मा प्रकाशित






























