back
CTIZAN AD

गजल

वि.सं.२०८१ असार ८ शनिवार

1.5K 

shares

कपिल किशोर घिमिरे, दाङ

तिमीलाई आफ्नो हुँ मानेको मैले
दियौ धोका व्यर्थै हुँ छानेको मैले

कुराले साँच्चै जान्दछ्यौ प्यारी धेरै
तिमी ठान्दी हौ, छैनँ जानेको मैले

मिच्यो गुन्डा बन्दै छिमेकीले आँठो
त्यसैले लात्तीले हुँ हानेको मैले

उनी बस्छिन् टाढा पराईको घरमा
यता अर्की सानी छु तानेको मैले

म नेता हुँ यो देशको थाहै होला
गुलामीले सत्ता छु धानेको मैले

बहर : अनुराग
वजनः १२२२ /२२ / १२२२ / २२
अर्कान : मुफाईलुन् फैलुन् मुफाईलुन् फैलुन्
काफिया : आ
तहलिली रदिफ : नेको
रदिफ : मैले

 

वि.सं.२०८१ असार ८ शनिवार ०९:१४ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...