चन्द्रावती अधिकारी
कोहलपुर, बाँके
गजललाई आत्मा छु ठानेको मैले
बहर धेरै राम्रा छु छानेको मैले
सधैँ खोजी खोजी पढेँ काव्य नौला
कला भाँतीभाँती छु जानेको मैले
बनिन् धेरै ज्ञानी पुगिन् धेरै माथि
भुलिन् होला उनले हुँ तानेको मैले
तिमीलाई रानी बनाई राख्ने छु
भन्यो उसलाई प्रिय हुँ मानेको मैले
धनी चढ्छन् लाखौँ महङ्गा गाडीमा
हिँडी पैदल जीवन छु धानेको मैले
बहर – अनुराग
अर्कान – मुफाईलुन् फैलुन् मुफाईलुन् फैलुन्
वजन -१२२२ / २२ / १२२२ /२२
काफिया – आ
तहलिली रदिफ – नेको
रदिफ -मैले
वि.सं.२०८१ असार ८ शनिवार ०९:१९ मा प्रकाशित






























