back
CTIZAN AD

कविता : मातृभूमि

वि.सं.२०८१ असार २२ शनिवार

1.7K 

shares

अलख निरन्जन लोहार
टीकापुर, कैलाली हाल- भारत

माटो राख ललाटमा मन बुझोस् जानोस् यसैको फल,
मेरो हो शिर पाउसम्म बहने नेपालको यो जल,
हे आमा म त काखमा लडिबुडी पोल्टो भरी खेल्दछु,
त्यो आशिष् शिरमा भए भुवनको गाह्रो सबै झेल्दछु ।१।

मेरो माथ हिमाल शैल शिरको टोपी त हो जान्दछु,
कर्णाली तट वृक्षका उदरमा यो ज्यान छ मान्दछु,
कस्तो सुन्दरता पहाडमुनिको प्यारो तराई धरा,
झुल्छन् धान सुगन्धमा नित झुली फल्छन् सुनैका गरा ।२।

मिठा व्यञ्जन खेतका बिच पुगे बिर्स्यो कथा गन्थन,
खेती हो घर बिस्तरा पनि सबै खेतै त हो आँगन,
मेरो सुन्दर शान्त देश जगको हो स्वर्गको आँचल,
हुन्छन् साँझ विहान साफ दिलका ती वीरका प्राञ्जल ।३।

लाखौंका दुख हर्दछन् सबजना सम्मानको आलय,
गर्छन् आपसमा बडो मधुरले मीठा कुरा सञ्चय,
दिन्छन् भाष्करले उँचो सगरको उत्साहको मौसम,
गर्मी छल्न परोस् चिसो सिरकमा आयो भने सम्झन ।४।

यस्तै ठाँट छ हेर गाउँघरमा पानी पँधेरो गरी,
गर्ज्यो मेघ पहाडका सगरमा झर्छन् मजाले झरी,
मेरै आँगन लाग्छ खूब रसिलो प्यारो छ आफ्नो घर,
मेरो देश म भित्र बस्छ जहिले अर्को कहाँ पो छ र ।५।

छन्द : शार्दूलविक्रीडित
गण : म स ज स त त गु
सङ्केत : SSS  llS  lSl  llS  SSl  SSl  S

 

वि.सं.२०८१ असार २२ शनिवार ०७:२९ मा प्रकाशित

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...

गजल

गजल

अनुराग अरुण, लुभु, ललितपुर जसमा निकै आत्मीय प्यार हुन्छ हरपल...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा तिम्रो मौनताको के नै नाम...