back
CTIZAN AD

दक्षिण कोरियामा सामसुङ कर्मचारी युनियनद्वारा अनिश्चितकालीन हड्तालको घोषणा

वि.सं.२०८१ असार २६ बुधवार

963 

shares

सियोल । दक्षिण कोरियाको सामसुङ इलेक्ट्रोनिक्समा कार्यरत दशौँ हजार कामदारको प्रतिनिधित्व गर्ने एक युनियनले व्यवस्थापनलाई वार्तामा ल्याउन बाध्य पार्न आफ्नो हडताललाई अनिश्चितकालका लागि लम्ब्याउने बुधबार घोषणा गरेको छ ।

युनियनले यसअघि तीन दिने हडतालको घोषणा गरेको थियो ।

यो हडताल समसुङ कम्पनीको इतिहासमा सबैभन्दा ठूलो श्रम अवरोधको काम हो । चिप्स बनाउने विश्वकै केही प्रमुख कम्पनीमध्ये सामसुङ पनि एक हो र हडतालले विश्व बजारमा सामसुङको तर्फबाट आपूर्ति हुने चिप्सको व्यवस्थापनमा दबाब बढाउँछ । कम्पनीले गत हप्ता ठूलो दोस्रो त्रैमासिक सञ्चालन मुनाफा वृद्धिको भविष्यवाणी गरेको थियो ।

नेशनल सामसङ इलेक्ट्रोनिक्स युनियनले एक विज्ञप्ति जारी गर्दै भनेको छ, “व्यवस्थापन कुरा गर्न इच्छुक नभएपछि हामी जुलाई १० देखि दोस्रो अनिश्चितकालीन आमहडतालको घोषणा गर्छौं ।

तलब र सुविधाका लागि लामो समयदेखि चलेको सङ्घर्षको एक हिस्साका रूपमा तीन दिने हडतालका लागि सोमबार पाँच हजारभन्दा बढी सदस्यले हडतालमा सहभागी भई काम गर्न छोडेका छन् ।

युनियनको यो हडताल जूनमा एक दिनको ‘वाकआउट’पछि आएको हो । दशकौंसम्म सङ्घसङगठन बिना चलेको कम्पनीमा पहिलो पटक सामूहिक विरोधसहित काममा अवरोध पारिएको छ ।

आन्दोलनरत युनियनमा ३० हजार भन्दा बढी सदस्यहरू छन् जुन कम्पनीको कुल कार्यबलको पाँच भागको एक भागभन्दा बढी हो ।

सामसुङले बुधबार एएफपीलाई दिएको जानकारीअनुसार हडतालले उत्पादनमा कुनै असर पार्ने छैन ।

“सामसुङ इलेक्ट्रोनिक्सले उत्पादन लाइनमा कुनै अवरोध नआओस् भन्ने सुनिश्चित गर्नेछ,” कम्पनीका प्रवक्ताले एएफपीसँग भने ।

उनले भने, “कम्पनी युनियनसँग असल विश्वासको वार्तामा संलग्न हुन प्रतिबद्ध छ ।” युनियनले उत्पादनमा स्पष्ट व्यवधान आएको दावी गर्दै हडताल जति लामो समयसम्म जारी रह्यो, त्यति नै व्यवस्थापनलाई असर पर्ने बताएको छ ।

“अन्ततः उनीहरू घुँडा टेकेर वार्ताको टेबलमा आउनेछन् । हामी जितमा पूर्ण आशावादी छौँ,” विज्ञप्तिमा भनिएको छ ।

युनियनले सामसुङ व्यवस्थापनले हडतालमा अवरोध पु¥याएको आरोप लगाउँदै आफूहरू वार्तामा सहभागी हुन इच्छुक नदेखिएको बताएको छ ।

यसले ‘अझै पनि हिचकिचाउन’ थप कर्मचारीसहित कामदारहरूलाई सहभागी हुन आग्रह गरेको छ ।

उनले भने, “हाम्रो लक्ष्य र विजयलाई अगाडि बढाउन तपाईंको दृढ सङ्कल्प आवश्यक छ । आउनुहोस्, हामी हाम्रा अधिकारहरूको रक्षा गर्न र राम्रो भविष्य निर्माण गर्न हाम्रो शक्तिलाई एकताबद्ध गरौं ।”

युनियनले जनवरीदेखि नै व्यवस्थापनसँग वार्ता गरिरहे पनि दुवै पक्ष मतभेदलाई कम गर्न असफल भएका छन् ।

युनियनले यसअघि वार्षिक बिदामा सुधार र पारदर्शी कार्यसम्पादनमा आधारित बोनसलगायतका माग राख्दै ५.१ प्रतिशत तलब वृद्धिको प्रस्ताव अस्वीकार गरेको छ ।

काउन्टरप्वाइन्ट रिसर्चका रिसर्च भाइस प्रेसिडेन्ट नील शाहले एएफपीसँग भने, “हडतालको असर हडतालको अवधि, उत्पादन अवरोधका दिन र पुनः प्राप्त गर्ने रणनीतिसहितका विभिन्न कारकमा निर्भर गर्छ ।”

उनले थपे, “सामसुङ व्यवस्थापनले यो हुन सक्छ भनेर कसरी तयार गरेको छ र पहिले नै यसलाई छिटो समाधान गर्न के गृहकार्य गरेको छ यसले क्षतिको सम्भावना कति हुने कुरा निर्धारण गर्छ ।”

आलोचकहरूका अनुसार, सामसुङ इलेक्ट्रोनिक्सले लगभग ५० वर्षसम्म विश्वको सबैभन्दा ठूलो स्मार्टफोन र सेमीकन्डक्टर निर्माता बन्नको लागि काम गरेका आफ्ना कर्मचारीहरूलाई युनियन खोल्न दिएको थिएन ।

सन् १९८७ मा निधन भएका कम्पनीका संस्थापक ली बियुङ–चुलले युनियनको कडा विरोध गर्दै भन्नुभएको थियोे, “जबसम्म मेरो आँखामा कसिङ्गर पर्ने छैन तबसम्म म कहिल्यै पनि युनियन खोल्नलाई अनुमति दिन्नँ ।”

सन् २०१९ मा सामसुङ इलेक्ट्रोनिक्सको पहिलो प्रभावकारी श्रमिक युनियन गठन भएको थियो ।

त्यसको केही समयपछि नै सामसुङ इलेक्ट्रोनिक्सका संस्थापकका नाति तथा वर्तमान अध्यक्ष ली जे–योङले सन् २०२० मा कम्पनीको युनियनविहीन सिद्धान्त अन्त्य भएको घोषणा गरेका थिए ।

सामसुङका तत्कालीन उपाध्यक्ष लीले सामसुङको श्रम नीतिले बदलिँदो समयको माग पूरा गर्न नसकेको बताए ।

यो कम्पनी दक्षिण कोरियाली विशाल प्रबिधि कम्पनी सामसुङ समूहको प्रमुख सहायक कम्पनी हो, जुन एशियाको चौथो ठूलो अर्थव्यवस्थामा व्यवसायमा प्रभुत्व जमाउने परिवार–नियन्त्रित समूहमध्ये सबैभन्दा ठूलो हो ।

जेनेरेटर एआईको बढ्दो मागसँगै सामसुङले हालै आफ्नो दोस्रो त्रैमासिक सञ्चालन मुनाफामा १५ गुणाभन्दा बढी वृद्धिको भविष्यवाणी गरेको छ । (रासस/एएफपी)

वि.सं.२०८१ असार २६ बुधवार २१:१३ मा प्रकाशित

सिटी एक्सप्रेसमार्फत नेपाल पैसा पठाउँदा सेवा शुल्क नलाग्ने

सिटी एक्सप्रेसमार्फत नेपाल पैसा पठाउँदा सेवा शुल्क नलाग्ने

काठमाडौं । सिटी एक्सप्रेसमार्फत विश्वका विभिन्न मुलुकबाट नेपाल पैसा पठाउँदा...

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिस । फ्रान्स र साउदी अरबले पेरिसनजिकै ६ अर्ब युरो...

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

पछिल्लो समय युवाहरू खर्च घटाउने तत्कालीन उपायभन्दा भविष्यमा उपयोगी हुने...

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

इस्लामाबाद । पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा शनिबार सुरक्षाकर्मीको टोलीलाई लक्षित...

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका...

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

(बेइजिङ, रोयटर्स) । चीनको बेइजिङमा आयोजित विश्व ह्युमनोइड रोबोट खेलकुद...