back
CTIZAN AD

कविता : मनको दर्पण

वि.सं.२०८१ साउन ५ शनिवार

1.4K 

shares

भुवन शिवाकोटी चौघरे, काठमाडौं

सखारै
ऐनामा आफ्नै अनुहार हेरेपछि
लाग्दैछ
ऐना पनि झुटो बोल्छ

जगतमा
ऐना देख्ने त
केवल आँखा रहेछन्
ऐनामा अनुहारको भाव बुझ्ने
दिमाग रहेछ

हेर्न त
धेरै पटक
उज्यालोमा नै ऐना हेरियो
थरी थरीका रङ्गीन ऐना हेरियो
तर
बल्ल बुझें
अन्धकारमा ऐना फुट्न सक्छ
चर्कन सक्छ
तर आकृति हेर्न सकिदैन

अन्धकारको ऐनाले
चिनाउन नसक्ने दर्पण हेर्न त
मनको कुरो देख्न त
मनकै ऐना चाहिनेरहेछ

मनको ऐना देखेपछि
मन चिन्न
पर्खालको ऐना चाहिदैन

मनको ऐना
कहिल्यै पनि चर्किदैन ।

 

वि.सं.२०८१ साउन ५ शनिवार ०७:३२ मा प्रकाशित

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...

गजल

गजल

भूपाल अधिकारी, विराटनगर सत्यवादी खुब जहाँ लाचार हुन्छ धुन्धुकारीको त्यहाँ...