back
CTIZAN AD

सुसेली

वि.सं.२०८१ साउन ५ शनिवार

1.3K 

shares

उत्तम शर्मा ‘दर्शन’
पाँचखाल, काभ्रे


युवा जोसमा
गरौं काम सोचेर
होसै होसमा ।


बाबा आमाको
सन्तान पछि माया
आफ्नै मामाको ।


साहित्य मित्र
हामी सबै एक हौं
समाज भित्र ।


बिनासितीमा
रिसराग झगडा
राजनीतीमा ।


सिंचाइ कुलो
गर्दा वादविबाद
बिद्यानै ठूलो ।


उमेर असी
हिड्नलाई छ गाह्रो
घरमा बसि !


जुवा खालमा
पर्नु हुन्न हामीले
माया जालमा ।


हेर लुछेको
मान्छेले मान्छेलाई
किन चुसेको ।


सुन स्वजन
हित हुन्छ भक्तको
गरौ भजन ।

१०
माधुरीनै हो
मीठो बोल गन्तव्य
समाधीनै हो ।

 

वि.सं.२०८१ साउन ५ शनिवार ०७:३७ मा प्रकाशित

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

स्याङ्जा, वालिङ । युवा लेखकद्वय जी.बी. राना र सावित्रा थापाको...

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...

गजल

गजल

अनुराग अरुण, लुभु, ललितपुर जसमा निकै आत्मीय प्यार हुन्छ हरपल...