back
CTIZAN AD

लोकतन्त्रका लागि गोली खाएको अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पको भनाइ

वि.सं.२०८१ साउन ६ आइतवार

1K 

shares

ग्रयाण्ड ¥यापिड्स, संयुक्त राज्य अमेरिका । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले मिशिगनको एक ¥यालीमा आफूमाथि भएको घातक आक्रमणलाई उद्धृत गर्दै आफूले ‘लोकतन्त्रका लागि गोली खाएको’ बताएका छन् ।

अमेरिकी राष्ट्रपति चुनावमा आफ्नो उम्मेदवारीको पक्षमा प्रचार गरिरहेका ट्रम्पले आफूमाथि भएको आक्रमणपछि पहिलो पटक चुनावी ¥यालीलाई सम्बोधन गरेका हुन् । उनको साथमा रिपब्लिकन पार्टीका उपराष्ट्रपतिपदका उम्मेदवार जेडी वायन पनि थिए ।

शुक्रबार उनले खचाखच भरिएको ¥यालीस्थल ग्रान्ड ¥यापिड्समा डेमोक्र्र्याट्सले आफूलाई लोकतन्त्रका लागि खतरा भन्दै आएको बताएका थिए । उनले तालीको गडगडाहटबीच आफू ‘ह्वाइट हाउस फिर्ता लिन’ तयार रहेको बताएका थिए ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गत साता भएको आक्रमणको अनुसन्धान भइरहेको छ । आक्रमणमा गोलीले ट्रम्पको कानमा लछारेको थियो ।गत शनिबार ट्रम्प कानमा पट्टी बाँधेर रिपब्लिकन नेसनल कन्भेन्सनमा पुगेका थिए । तर मिशिगनको ¥यालीमा उनले आफ्नो कानमा पट्टी बाँधेका थिएनन् । (रासस/एएफपी)

वि.सं.२०८१ साउन ६ आइतवार २१:२२ मा प्रकाशित

सिटी एक्सप्रेसमार्फत नेपाल पैसा पठाउँदा सेवा शुल्क नलाग्ने

सिटी एक्सप्रेसमार्फत नेपाल पैसा पठाउँदा सेवा शुल्क नलाग्ने

काठमाडौं । सिटी एक्सप्रेसमार्फत विश्वका विभिन्न मुलुकबाट नेपाल पैसा पठाउँदा...

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिस । फ्रान्स र साउदी अरबले पेरिसनजिकै ६ अर्ब युरो...

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

पछिल्लो समय युवाहरू खर्च घटाउने तत्कालीन उपायभन्दा भविष्यमा उपयोगी हुने...

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

इस्लामाबाद । पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा शनिबार सुरक्षाकर्मीको टोलीलाई लक्षित...

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका...

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

(बेइजिङ, रोयटर्स) । चीनको बेइजिङमा आयोजित विश्व ह्युमनोइड रोबोट खेलकुद...