back
CTIZAN AD

क्यालिफोर्नियामा आगलागीबाट ५६० भन्दा बढी घर र भवन ध्वस्त, इतिहासकै ठूलो आगलागी 

वि.सं.२०८१ साउन २१ सोमवार

1.3K 

shares
वासिङ्टन ।  क्यालिफोर्नियाको सेन्ट्रल भ्यालीमा छ हजारभन्दा बढी अग्निनियन्त्रकहरूले ११ दिनअघि लागेको राज्यको इतिहासमा सबैभन्दा ठूलो आगलागी निभाउन सङ्घर्ष गरिरहेका छन् ।
अधिकारीहरूका अनुसार आगलागीबाट अहिलेसम्म पाँच सय ६० भन्दा बढी घर र भवन नष्ट भएका छन् भने लस एन्जलस सहरभन्दा ठूलो क्षेत्रफल अर्थात चार लाख एकडभन्दा बढी भूमिलाई यसले लपेटेको छ । अधिकारीहरूले २७ प्रतिशत क्षेत्रमा आगो निभाइएको र चार हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको बताएका छन् ।
यस क्षेत्रको कच्ची भूभाग र उजाडस्थानका कारण आगलागी भएको स्थानसम्म पुग्न दुईदेखि तीन घण्टा लागेको थियो । साथै केही अग्निनियन्त्रकलाई हेलिकप्टरद्वारा अग्रपङ्क्तिमा पठाइएको छ भने केही आपूर्ति आइपुग्दासम्म केही दिन त्यहाँ रहने अपेक्षा गरिएको छ ।
क्यालिफोर्निया राष्ट्रिय अग्नि नियन्त्रण केन्द्रले अस्ट्रेलिया र न्युजिल्याण्डका अग्नि नियन्त्रकहरूसँग सहयोगका लागि अनुरोध गरेको छ । बाट सहयोगको लागि अनुरोध गरेको छ । (रासस/क्युएनए)

वि.सं.२०८१ साउन २१ सोमवार ०९:३२ मा प्रकाशित

सिटी एक्सप्रेसमार्फत नेपाल पैसा पठाउँदा सेवा शुल्क नलाग्ने

सिटी एक्सप्रेसमार्फत नेपाल पैसा पठाउँदा सेवा शुल्क नलाग्ने

काठमाडौं । सिटी एक्सप्रेसमार्फत विश्वका विभिन्न मुलुकबाट नेपाल पैसा पठाउँदा...

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिस । फ्रान्स र साउदी अरबले पेरिसनजिकै ६ अर्ब युरो...

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

पछिल्लो समय युवाहरू खर्च घटाउने तत्कालीन उपायभन्दा भविष्यमा उपयोगी हुने...

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

इस्लामाबाद । पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा शनिबार सुरक्षाकर्मीको टोलीलाई लक्षित...

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका...

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

(बेइजिङ, रोयटर्स) । चीनको बेइजिङमा आयोजित विश्व ह्युमनोइड रोबोट खेलकुद...