बिश्वनाथ ढुङ्गेल, भक्तपुर
छिमेकी माया
दरीलो छ हुँदैन
दायाँ र बायाँ ।१
मेरा छिमेकी
छन् है स्वच्छ भावका
सार्है विवेकी ।।२
बुझे जानेका
साना ठूला समान
देख्छु ठानेका ।।३
मीठो सम्बन्ध
दाजुभाइ जस्तै छन्
छैन घमण्ड ।।४
वर परको
सधै चिन्ता गर्दैछन्
गाउँ घरको ।५
शान्त छ बोली
स्वच्छ भाव मनका
साथी सहेली ।।६
सधैं विवेकी
तेरो मेरो गर्दैनन्
मेरा छिमेकी ।।७
मित्र छ भाव
व्यवहार उदार
उच्च स्वभाव ।८
पढे लेखेका
सुखदुःख छर्लङ्ग
सबै देखेका ।।९
उच्च बिचार
छिमेकी नै हुन् हाम्राा
बाँच्ने आधार ।।१०
पोखेँ भावना
सुसेलिमा अर्पन्छु
शुभकामना ।। ११
वि.सं.२०८१ साउन २६ शनिवार ०९:३० मा प्रकाशित






























