back
CTIZAN AD

गाजा युद्धमा इजरायलले व्यापक ‘नरसंहार’ गरेको राष्ट्र संघका मानवअधिकार विज्ञको आरोप

वि.सं.२०८१ साउन २७ आइतवार

792 

shares
जेरुसेलम । इजरायलले शनिबार एक विद्यालयलाई लक्षित गरी गरेको हवाई आक्रमणमा ९३ जनाको मृत्यु भएपछि संयुक्त राष्ट्रसङ्घद्वारा नियुक्त एक  मानवअधिकार विज्ञले गाजा युद्धमा इजरायलले व्यापक ‘नरसंहार’ गरेको आरोप लगाएका छन् ।
“इजरायलले एउटा अस्पताल, विद्यालय र शरणार्थी शिविरमा आक्रमण गर्दा ठूलो मानवीय क्षति भएको र अधिकांश महिला बालबालिका र सर्वसाधारण हताहत भएका छन्,” प्यालेस्टिनी भूभागमा अधिकारको स्थितिसम्बन्धी संयुक्त राष्ट्रसङ्घका विशेष प्रतिवेदक फ्रान्सेस्का अल्बानीजले सामाजिक सञ्जाल एक्समा भनेका छन् ।
इजरायलले ‘अमेरिकी र युरोपेली हतियार’ प्रयोग गरेर प्यालेस्टिनीविरुद्ध यस्तो आक्रमण गरिरहेको अल्बानीसले बताए ।
उनले भने, “प्यालेस्टिनीहरूले उनीहरूको रक्षाका लागि अधिकारवादी समूहले खेल्नुपर्ने भूमिकामा सामूहिक अक्षमताका लागि हामीलाई क्षमा गरून् ।”
गत मार्चमा जारी गरिएको एक रिपोर्टमा अल्बानीजले गाजामा इजरायलले आफ्नो युद्धमा ‘नरसंहार’ का थुप्रै कार्यहरू गरेको पुष्टि गर्ने ‘उचित आधार’ रहेको बताएका थिए ।
लामो समयदेखि अल्बानीज र उनको जिम्मेवारीको अत्यधिक आलोचना गर्दै आएको इजरायलले रिपोर्टलाई ‘वास्तविकतालाई छायाँ पार्ने काम’ का रूपमा निन्दा गर्दै आएको छ ।
इजरायलमा अक्टोबर ७ मा हमास समूहले गरेको आक्रमणको बदलामा गाजापट्टीमा १० महिना लामो सैन्य कारबाही चलाउँदै आएको इजरायलमाथि हमासले गरेको आक्रमणको पनि उनले निन्दा गर्दै  आएका छन् ।
विशेष दूतहरू राष्ट्रसङ्घीय मानव अधिकार परिषद््वारा नियुक्त भएका स्वतन्त्र पर्यवेक्षक हुन् ।
यसैबीच, इराकका शीर्ष शिया मुस्लिम धर्मगुरु ग्रान्ड अयातुल्लाह अली सिस्तानीले इराननिकट दुई लडाकू नेताको हत्यापछि क्षेत्रीय तनाव र सम्भावित ‘विनाशकारी परिणाम’ को जोखिम रहेको शनिबार  बताएका छन् ।
सिस्तानीले गाजामा जारी ‘नरसंहार’  र युद्ध अन्त्य गर्न पनि आग्रह  गरेका छन् । उनको यो भनाइ शनिबार विस्थापित प्यालेस्टिनीहरूको एक विद्यालयमा भएको हवाई आक्रमणमा ९० जनाभन्दा बढीको मृत्यु भएपछि आएको हो ।
दुर्लभरूपमा राजनीतिक गतिविधिबारे अभिव्यक्ति दिनुहुने इस्लामिक धर्मगुरू सिस्तानीले एक सन्देश जारी गर्दै भनेका छन्, “गाजामा जारी अपराधको श्रृङ्खलामा फेरि एउटा निन्दनीय घटना थपिएको छ । इजरायली सेनाले गाजामा ठूलो नरसंहार गरेको छ ।”
उनले हमास र हिजबुल्लाह समूहका शीर्र्ष नेताहरूको हालैको हत्याले ‘ठूलो भिडन्त’ को खतरा बढाएको र यसले यस क्षेत्रका लागि ‘विनाशकारी परिणाम’ निम्त्याउन सक्ने चेतावनी दिएका थिए ।
“हामी फेरि एकपटक विश्वलाई यस भयानक क्रूरताविरुद्ध उभिन आह्वान गर्दछौं”, सिस्तानीले भने, “गाजामा नरसंहार युद्धको अन्त्यका लागि दबाब दिन मुसलमानहरूलाई एकजुट हुन हामी आग्रह गर्दछौँ ।” एएफपी

वि.सं.२०८१ साउन २७ आइतवार ०८:४७ मा प्रकाशित

कतारका पूर्वराजा शेख खलिफाको निधन

कतारका पूर्वराजा शेख खलिफाको निधन

दोहा । कतारका पूर्व अमिर तथा वर्तमान राजा अमिर शेख...

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । इङल्यान्ड २–१ गोलले नर्वेलाई पराजित गर्दै फिफा विश्वकप...

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । बेल्जियमलाई पराजित गर्दै स्पेन फिफा विश्वकप–२०२६ को सेमिफाइनलमा...

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

काठमाडौंँ । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको गोलमा मोरक्कोलाई...

इरानद्धारा अमेरिकी आक्रमणको निन्दा, जवाफी कारबाहीको चेतावनी

इरानद्धारा अमेरिकी आक्रमणको निन्दा, जवाफी कारबाहीको चेतावनी

तेहरान ।  इरानले आफ्नो दक्षिणी तटीय क्षेत्रमा रहेका निगरानी तथा...

एन्थ्रोपिकको एआई कोडिङ उपकरणमा ‘सुरक्षा जोखिम’ रहेको चीनको चेतावनी

एन्थ्रोपिकको एआई कोडिङ उपकरणमा ‘सुरक्षा जोखिम’ रहेको चीनको चेतावनी

बेइजिङ ।   चीनको एक साइबर सुरक्षा निकायले अमेरिकी कृत्रिम बुद्धिमत्ता...