back
CTIZAN AD

 बंगलादेश  राजनीति : नेता युनुसद्वारा राजनीतिक, सामाजिक र धार्मिक सहिष्णुताका लागि अपिल

वि.सं.२०८१ साउन २७ आइतवार

936 

shares
ढाका । एएफपी बङ्गलादेशका अन्तरिम सरकारको नेतृत्व गरेका नेता मोहम्मद युनुसले शनिबार राजनीतिक, सामाजिक र धार्मिक एकताका लागि सबै देशवासीसँग अपिल गरेका छन् ।
शेख हसिनाको १५ वर्षे शासन अन्त्य गर्ने क्रममा भएको जनप्रदर्शनमा प्रहरीले चलाएको गोली लागि मृत्यु भएका एक छात्राकी रोइरहेकी आमालाई अँगालो हाल्दै अन्तरिम सरकारको नेतृत्वकर्ता युनुसले विगतको हृदय विदारक घटनालाई मनमा राख्न र धार्मिक सहिष्णुता प्रकट गर्न आग्रह गरेका हुन् ।
नोबेल पुरस्कार विजेता ८४ वर्षीय युनुस यसै साता युरोपबाट फर्किए र अव्यवस्थाको अन्त्य र प्रजातान्त्रिक सुधारको ठूलो चुनौतीको सामना गर्दै अन्तरिक प्रशासनको नेतृत्व सम्हालेका हुन्  ।
“हाम्रो जिम्मेवारी नयाँ बङ्गलादेश निर्माण गर्नु हो,”  उनले भने ।
पूर्वप्रधानमन्त्री हसिनालाई विद्यार्थी आन्दोलनको बलमा गत साता पदच्युत गरिएपछि देशका हिन्दू अल्पसङ्ख्यक समुदायमाथि भएका कैयौँ प्रतिशोधात्मक आक्रमणले छिमेकी मुलुक भारतमा सन्त्रास पैदा गर्नुका साथै स्वदेशमा पनि त्रास फैलाएको छ ।
युनुसले उत्तरी शहर रङ्गपुरको भ्रमणका क्रममा गत महिना भएको अशान्तिका क्रममा मारिएका पहिलो विद्यार्थी अबु सायिदको सम्झनामा शान्ति कायम गर्न आह्वान गरेका थिए ।
उनले भने, “धर्मका आधारमा विभेद नगर्नुहोस् ।”
नोबेल पुरस्कार विजेता युनुसले भने, “सायिद अहिले हरेक घरमा हुनुहुन्छ । उहाँ जसरी राष्ट्रिय जागरणका लागि उभिनुभयो, हामीले पनि त्यस्तै गर्नुपर्छ। अबु सायिदलाई हेर्ने दृष्टिकोणबारे बङ्गलादेशमा कुनै मतभेद छैन ।”
विद्यार्थीको नेतृत्वमा हसिनाको सरकारविरुद्ध भएको प्रदर्शनमाथि प्रहरीले दमन गर्दा २५ वर्षीय सायिदको जुलाई १६ मा प्रहरीले चलाएको गोली लागि मृत्यु भएको थियो ।

वि.सं.२०८१ साउन २७ आइतवार ०८:५४ मा प्रकाशित

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग छिट्टै कूटनीतिक सम्झौता...

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

बोगोटा । पेरुको नाज्का सहरनजिक शनिबार युरोपेली पर्यटक बोकेको एउटा...

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

वासिङ्टन । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वका सहयोगी...

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजा सहर । युद्ध अन्त्य गर्ने सम्भावित सम्झौतामा हमासले सहमति...

स्पेन–मोरक्को सीमामा गम्भीर संकट

स्पेन–मोरक्को सीमामा गम्भीर संकट

म्याड्रिड । स्पेनको उत्तर अफ्रिकास्थित स्वायत्त सहर स्यूटामा दुई दिनको...

सेउटा सीमा पार गर्ने क्रममा १८ आप्रवासीको मृत्यु

सेउटा सीमा पार गर्ने क्रममा १८ आप्रवासीको मृत्यु

मोरक्कोबाट स्पेनको स्वायत्त क्षेत्र सेउटा प्रवेश गर्ने प्रयासका क्रममा कम्तीमा...