back
CTIZAN AD

अन्तरिम नेता युनुस  भन्छन्–बङ्गलादेशले ‘विद्यार्थीको नेतृत्वमा क्रान्ति’ अनुभव गरिरहेको छ 

वि.सं.२०८१ साउन २९ मंगलवार

906 

shares
ढाका ।  बङ्गलादेशका अन्तरिम नेता मुहम्मद युनुसले प्रधानमन्त्री शेख हसिनालाई अपदस्थ गरेपछि मुलुकले ‘विद्यार्थीको नेतृत्वमा क्रान्ति’ अनुभव गरेको  बताएका छन् ।
“यो क्रान्ति हो, विद्यार्थीको नेतृत्वको क्रान्ति”, नोबेल पुरस्कार विजेता युनुसले समाचार ब्रिफिङमा भन्नुभयो, “यसमा कुनै सन्देह छैन किनकी सम्पूर्ण सरकारको कामकाज ध्वस्त भएको छ ।”
हसिनालाई सत्ताबाट हटाउने आन्दोलनका विद्यार्थी नेताहरूले लोकतान्त्रिक सुधारहरूलाई अगाडि बढाउन बोलाएपछि युनुस बिहीबार युरोपबाट बङ्गलादेश फर्किएका हुन् ।
“मैले भनेँ ‘म तपाईंलाई सम्मान गर्दछ, तपाईंको प्रशंसा गर्दछु, तपाईंहरूले जे गर्नुभयो त्यो अद्वितीय छ’”, उनले भने,, “किनकि तपाईंहरूले मलाई यस्तो गर्न आदेश दिनुभएको छ, म तपाईंहरूको आदेश ग्रहण गर्दछु ।”
एक साताअघि अप्रत्याशित राजीनामा र भारत पलायनका साथ समाप्त भएको हसिनाको कठोर कार्यकालका धेरै शीर्ष सहयोगीहरूले पछि पद त्याग गरेका थिए ।
यसमा सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश र केन्द्रीय बैंकका गभर्नर पनि समावेश छन् । विद्यार्थीहरूले उनीहरूलाई पद छाड्न अल्टिमेटम दिएका थिए ।
युनुसले उनीहरूको राजीनामा कानूनी रूपमा गरिएको बताए । “उनीहरूले यी सबैलाई सही जायज ठहराउने कानूनी बाटो खोज्नेछन् भन्ने मलाई विश्वास छ, किनकि कानूनी रूपमा सबै चरण पालना गरिएको थियो ।”(रासस÷एएफपी)

वि.सं.२०८१ साउन २९ मंगलवार ०९:४२ मा प्रकाशित

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग छिट्टै कूटनीतिक सम्झौता...

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

बोगोटा । पेरुको नाज्का सहरनजिक शनिबार युरोपेली पर्यटक बोकेको एउटा...

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

वासिङ्टन । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वका सहयोगी...

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजा सहर । युद्ध अन्त्य गर्ने सम्भावित सम्झौतामा हमासले सहमति...

स्पेन–मोरक्को सीमामा गम्भीर संकट

स्पेन–मोरक्को सीमामा गम्भीर संकट

म्याड्रिड । स्पेनको उत्तर अफ्रिकास्थित स्वायत्त सहर स्यूटामा दुई दिनको...

सेउटा सीमा पार गर्ने क्रममा १८ आप्रवासीको मृत्यु

सेउटा सीमा पार गर्ने क्रममा १८ आप्रवासीको मृत्यु

मोरक्कोबाट स्पेनको स्वायत्त क्षेत्र सेउटा प्रवेश गर्ने प्रयासका क्रममा कम्तीमा...