back
CTIZAN AD

रुसी क्षेत्रमा प्रवेश गर्ने युक्रेनी सेनालाई हटाउन पुटिनको आदेश

वि.सं.२०८१ साउन २९ मंगलवार

1.1K 

shares
मस्को ।  राष्ट्रपति भ्लादिमिर पुटिनले सोमबार रुसी क्षेत्रमा प्रवेश गर्ने युक्रेनी सेनालाई ‘हटाउन’ आफ्नो सेनालाई आदेश दिएका छन् । अधिकारीहरूले युद्धबाट एक लाख २० हजारभन्दा बढी मानिसलाई टाढा सारिएको बताएपछि पुटिनले उक्त आदेश दिएका छन् ।
किएभले गत मङ्गलबार रुसको पश्चिमी कुर्स्क क्षेत्रमा आश्चर्यजनक आक्रमण सुरु गर्दै दोस्रो विश्वयुद्धपछि रुसी भूमिमा सबैभन्दा महत्त्वपूर्ण सीमापार आक्रमणमा दुई दर्जनभन्दा बढी बस्ती कब्जा गरेको थियो ।
“द्वन्द्व सिर्जना गर्नु, मानिसहरूलाई त्रास देखाउनु, रुसी समाजको एकतालाई नष्ट गर्नु दुश्मनको स्पष्ट लक्ष्य हो”, पुटिनले सरकारी अधिकारीहरूसँगको टेलिभिजन बैठकमा भने, “निस्सन्देह, रक्षा मन्त्रालयको मुख्य काम भनेको दुश्मनलाई हाम्रो क्षेत्रबाट लखेट्नु हो ।”
क्षेत्रीय गभर्नर एलेक्सी स्मिरनोभले पुटिनसँगको बैठकमा लडाइँ सुरु भएपछि करिब एक लाख २१ हजार मानिस कुर्स्क क्षेत्रबाट भागेको, कम्तीमा १२ जना मारिएको र एक सय २१ भन्दा बढी घाइते भएको जानकारी दिए ।
कुर्स्कका अधिकारीहरूले १४ हजार बासिन्दा भएको बेलोभ्स्की जिल्लालाई समावेश गर्न आफ्नो निकासी क्षेत्र फराकिलो बनाउँदै गरेको घोषणा गरेका छन् । छिमेककी बेल्गोरोड क्षेत्रले पनि आफ्नो सीमावर्ती जिल्ला क्रास्नोयारुज्स्कीलाई खाली गरिरहेको बताएको छ ।
युक्रेनले यस क्षेत्रमा कम्तीमा १२ किलोमिटरभित्र पसेर ४० किलोमिटर लामो नयाँ मोर्चाका साथ २८ वटा सहर र गाउँ कब्जा गरेको स्मिरनोभले बताए ।
यो अभियान रुसी सेनालाई तन्काउन र अग्रपङ्क्तिमा महिनौँको सुस्त रुसी प्रगतिपछि देशलाई अस्थिर बनाउनका लागि भएको युक्रेनका एक शीर्ष अधिकारीले सप्ताहन्तमा बताएका थिए ।
पुटिनले ‘दुःखमा परेका सबैलाई सर्वसम्मत समर्थन’ देखाएर जवाफ दिने भन्दै त्यहाँ लड्नका लागि भर्ती हुने पुरुषहरूको सङख्या बढेको दाबी गरे । “दुश्मनले उचित जवाफ पाउनेछ”, उनले भने ।
अधिकतम क्षति
आक्रमणले क्रेमलिनलाई अनपेक्षित आश्चर्यचकित बनाएको देखिन्छ । यसलाई समाप्त गर्न रुसी सेनाले रिजर्भ सेना, ट्याङ्क, उड्डयन, तोपखाना र ड्रोनहरू तैनाथ गरेको छ । यद्यपि युक्रेनले रुसका भूभागमा ३० किलोमिटरसम्म प्रवेश गरेको क्रेमलिनले आइतबार स्वीकार गरेको छ ।
केही सेना रुस–युक्रेन सीमाबाट २५ किलोमिटर र ३० किलोमिटर टाढा रहेको टोल्पिनो र ओब्श्ची कोलोदेज गाउँ नजिकै रहेको बताइएको छ ।
“यसको उद्देश्य दुश्मनको स्थिति विस्तार गर्नु, अधिकतम क्षति पुर्याउनु र रुसले आफ्नै सीमाको रक्षा गर्न नसक्ने अवस्थालाई अस्थिर बनाउनु हो”, युक्रेनका एक सुरक्षा अधिकारीले नाम उल्लेख नगर्ने शर्तमा भने । अभियानमा हजारौँ युक्रनी सैनिक सहभागी भएको उनल
े बताए ।
रुसी रक्षा मन्त्रालयले सोमबार उसको वायु रक्षा प्रणालीले कुर्स्क क्षेत्रमा ११ ड्रोनसहित १८ युक्रेनी ड्रोनलाई नष्ट गरेको बताएको छ । एएफपी

वि.सं.२०८१ साउन २९ मंगलवार ०९:४८ मा प्रकाशित

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग छिट्टै कूटनीतिक सम्झौता...

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

बोगोटा । पेरुको नाज्का सहरनजिक शनिबार युरोपेली पर्यटक बोकेको एउटा...

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

वासिङ्टन । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वका सहयोगी...

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजा सहर । युद्ध अन्त्य गर्ने सम्भावित सम्झौतामा हमासले सहमति...

स्पेन–मोरक्को सीमामा गम्भीर संकट

स्पेन–मोरक्को सीमामा गम्भीर संकट

म्याड्रिड । स्पेनको उत्तर अफ्रिकास्थित स्वायत्त सहर स्यूटामा दुई दिनको...

सेउटा सीमा पार गर्ने क्रममा १८ आप्रवासीको मृत्यु

सेउटा सीमा पार गर्ने क्रममा १८ आप्रवासीको मृत्यु

मोरक्कोबाट स्पेनको स्वायत्त क्षेत्र सेउटा प्रवेश गर्ने प्रयासका क्रममा कम्तीमा...