back
CTIZAN AD

गजल

वि.सं.२०८१ भदौ १ शनिवार

1.7K 

shares

सुधिर थापा
काभ्रे, हाल -काठमाडौं

तिमी मेरो समिपमा पर्खिएकी छ्यौ
तिमीले नै सधैं पीडा दिएकी छ्यौ

दिएँ माया खुबै बोली बचन मीठो
तिमी आफैँ त्यसैले मातिएकी छ्यौ

तिमीलाई ठाने साथी अझै आफ्नो
उता बाचा कसम उस्तै लिएकी छ्यौ

खसेछन् आँसु झन् तिम्रो परेलीमा
तिमीले प्यार हो भन्दै पिएकी छ्यौ

नशा चढ्दा अझै कस्तो भयौँ घायल
जवानीमा तिमी झन् गाँजिएकी छ्यौ ।

बहर : हज़ज मुसद्दस सालिम
अर्कान: मुफ़ाईलुन मुफ़ाईलुन मुफ़ाईलुन
वजन : १२२२ १२२२ १२२२

वि.सं.२०८१ भदौ १ शनिवार ०५:३२ मा प्रकाशित

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...

गजल

गजल

अनुराग अरुण, लुभु, ललितपुर जसमा निकै आत्मीय प्यार हुन्छ हरपल...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा तिम्रो मौनताको के नै नाम...