back
CTIZAN AD

कविता : समसामयिक

वि.सं.२०८१ भदौ १ शनिवार

1.4K 

shares

अलख निरन्जन लोहार
टीकापुर कैलाली हाल: भारत

भाषा धर्म परम्परा मनुजका सत्मार्गका साधन,
छोपिन्छन् जग लाजका सहजले संस्कारको जीवन,
पाए रत्न समान भाव मनको होला सुनौलो मन,
जो गर्छन् कुभलो समस्त जगमा भोग्छन् नराम्रा दिन ।१।

भोगी भोग विलासमा मगन भै बिर्सिन्छ आफ्नै गति,
राम्रा मित्र जहानका वचनको मान्दैन बोले जति,
राम्रो भाव कहाँ गयो सुजनमा भाग्यो कहाँ सम्मति,
अर्कामा समभावना कम भयो आयो यहाँ दुर्गति ।२।

पापैपाप छ झेलको शिविर भो मान्छे भयो दानव,
काटामार भयो यहीँ समर भो जाग्ने भयो रौरव,
मान्छेका सत भावको विलय भो बाँच्ने भयो कौरव,
गाह्रो भो अब खोज्न सत्व विजका सत्कर्मका सौरभ ।३।

छन् पापिष्ट धरा विनास रजका हिँड्छन् नमानी भय,
सत्ताको भर चाकडी सफल भो चम्चा बने निर्भय,
सेतो खोल छ भित्र काल तनको दुर्भावको आलय,
यस्ताका भर देश पर्छ कसरी होला सबैको जय ।४।

राखौं सोच विचारमा सजगता बोकौँ सफा भावना,
राम्रा कर्म विशालता हृदयमा राखौं सदा सर्वदा,
चाहे देश रहोस् कुनै मनुज होस होस् न्यायको स्थापना,
आफैमा सत भाव राख्न सकिए सत्कर्म हो साधना ।५।

छन्द : शार्दूलविक्रीडित
गण : म स ज स त त गु
सङ्केत : SSS llS lSl llS SSl SSl S
छन्द : शार्दूलविक्रीडित

वि.सं.२०८१ भदौ १ शनिवार ०५:३४ मा प्रकाशित

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...

गजल

गजल

अनुराग अरुण, लुभु, ललितपुर जसमा निकै आत्मीय प्यार हुन्छ हरपल...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा तिम्रो मौनताको के नै नाम...