back
CTIZAN AD

कविताः मालिक !

वि.सं.२०८१ भदौ १ शनिवार

1.2K 

shares

दिब्य गिरी
महालक्ष्मी न पा ५
टीकाथली, ललितपुर

उसले हामीलाई उठ् भन्यो
हामी उठिदियौँ
उसले हामीलाई बस् भन्यो
हामी बसिदियौँ
उसले हामीलाई फेरि उठायो
हामी उठिदियौँ
उसले हामीलाई फेरि बसायो
हामी बसिदियौँ
मालिकको
उठ् बस्
बस् उठ् कै
आदेश निर्देशमा नै
बितिरहे हाम्रा सुनौला दिनहरू ।
हामीले धेरैपछि मात्र
बल्ल थाहा पायौँ
हामीलाई सधैँ उठ्बस् गराइरहने
ऊ त हाम्रो नक्कली मालिक रहेछ ।

वि.सं.२०८१ भदौ १ शनिवार ०५:३७ मा प्रकाशित

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...

गजल

गजल

अनुराग अरुण, लुभु, ललितपुर जसमा निकै आत्मीय प्यार हुन्छ हरपल...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा तिम्रो मौनताको के नै नाम...