back
CTIZAN AD

एमपक्स कोभिड भाइरसको नयाँ रुप होइन, यसलाई नियन्त्रण गर्न सकिन्छ: डब्लुएचओ 

वि.सं.२०८१ भदौ ५ बुधवार

735 

shares
जिनेभा ।  मङ्किपक्स ‘एमपक्स’ भाइरस र यसको नियन्त्रणबारे पूर्वजानकारी रहेको जोड दिँदै यसको प्रकोप अर्को कोभिड–१९ भेरियन्ट नभएको विश्व स्वास्थ्य सङ्गठनले मङ्गलबार बताएको छ ।
एमपक्स ‘क्लेड १ बी’ भेरियन्टको थप अनुसन्धान आवश्यक रहेको बताउदै संयुक्त राष्ट्र सङ्घले यसलाई अन्तर्राष्ट्रिय चिन्ताको सार्वजनिक स्वास्थ्य आपतकाल घोषणा गरेको हो । “एमपक्स प्रकोपलाई नियन्त्रण गर्न सकिन्छ”, डब्ल्यूएचओका युरोपेली निर्देशक हान्स क्लुगेल भने ।
सन् २०२२ जुलाईमा, डब्ल्यूएचओले एमपक्सको कम गम्भीर भेरियन्ट ‘क्लेड २ बी’ लाई पनि अन्तर्राष्ट्रिय स्वास्थ्य आपतकाल घोषणा गरेको थियो । “एमपक्स कोभिड भाइरसको नयाँ रुप होइन”, क्लुगेले  बताए ।
“हामीलाई एमपक्स कसरी नियन्त्रण गर्ने भन्ने थाहा छ । र युरोपेली क्षेत्रमा यसको सङ्क्रमणलाई पूर्णरूपमा उन्मूलन गर्न आवश्यक अनुसन्धान भइरहेको छ”, उनले जेनेभामा भिडियो–लिङ्क मार्फत बताए ।
“के डब्लुएचओ युरोपेली क्षेत्रमा लकडाउन गर्न जाँदैछौँ, यो कोभिड–१९ को नयाँ रुप हो ? भन्ने प्रश्नको जवाफ स्पष्ट छः ‘होइन’ ”, उनले भने । क्लुगेले व्यक्तिबीच छालाको सम्पर्क एमपक्स सङ्क्रमण फैलिने मुख्य कारक रहेको बताए । “सङ्क्रमण फैलिने अन्य कारण अझै अलि अस्पष्ट छन् । यस विषयमा थप अनुसन्धान आवश्यक छ ।”
डब्लुएचओले मास्क प्रयोग गर्न सिफारिस नगरेको डब्लुएचओका प्रवक्ता तारिक जसारेभिकले बताए । “हामी अहिले विश्वव्यापी खोप अभियान सिफारिस गरिरहेका छैनौँ । हामीले हाल सबैभन्दा बढी जोखिममा रहेका समूहलाई खोप प्रयोग गर्न सिफारिस गर्दैछौँ”, उनले भने । एएफपी
–––

वि.सं.२०८१ भदौ ५ बुधवार ०८:५९ मा प्रकाशित

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग छिट्टै कूटनीतिक सम्झौता...

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

बोगोटा । पेरुको नाज्का सहरनजिक शनिबार युरोपेली पर्यटक बोकेको एउटा...

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

वासिङ्टन । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वका सहयोगी...

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजा सहर । युद्ध अन्त्य गर्ने सम्भावित सम्झौतामा हमासले सहमति...

स्पेन–मोरक्को सीमामा गम्भीर संकट

स्पेन–मोरक्को सीमामा गम्भीर संकट

म्याड्रिड । स्पेनको उत्तर अफ्रिकास्थित स्वायत्त सहर स्यूटामा दुई दिनको...

सेउटा सीमा पार गर्ने क्रममा १८ आप्रवासीको मृत्यु

सेउटा सीमा पार गर्ने क्रममा १८ आप्रवासीको मृत्यु

मोरक्कोबाट स्पेनको स्वायत्त क्षेत्र सेउटा प्रवेश गर्ने प्रयासका क्रममा कम्तीमा...