back
CTIZAN AD

दिल्लीका विभिन्न सपिङ मलहरूमा बम आक्रमणको धम्कीको पत्र, अनुसन्धान जारी

वि.सं.२०८१ भदौ ५ बुधवार

756 

shares

नयाँ दिल्ली । भारतको राजधानीका विभिन्न सपिङ मलहरूमा मङ्गलबार बम आक्रमणको धम्की आएको दिल्ली प्रहरीले जनाएको छ ।

दिल्ली प्रहरीकाअनुसार चाणक्य मल्ल, सेलेक्ट सिटीवाक, एम्बियन्स मल, डीएलएफ, सिने पोलिस, प्यासिफिक मल, प्राइमस अस्पताल र युनिटी समूहलाई केही समयमा बम विस्फोट हुनेछ भनी धम्की पत्र प्राप्त भएको थियो ।

सूचना प्राप्त हुने वित्तिकै मलका अधिकारीहरूले दिल्ली प्रहरीलाई जानकारी दिएको दिल्ली प्रहरीले बताएको छ । दिल्ली प्रहरीले जानकारी पाएलगत्तै अनुसन्धान थालेको थियो । घटनास्थलमा बम डिस्पोजल टोली र दमकल पुगेको थियो । हालसम्म बम फेला परेको छैन् ।

प्रहरीले धम्कीबारे अनुसन्धान गरिरहेको छ । गुरुग्रामको एम्बियन्स मलमा अगस्ट १७ मा बम आक्रमणको धम्की प्राप्त भएको थियो । तर खोजीका क्रममा कुनै संदिग्ध वस्तु फेला नपरेको गुरुग्राम प्रहरीले जानकारी दिएको छ ।

“एम्बियन्स मलको प्रशासनले मलमा बम राखिएको सुचना प्राप्त गरेको थियो । सुचना पाएपछि बम पत्ता लगाउने तथा डिस्पोजल टोलीलगायत सबै घटनास्थलमा पुगेका थिए,”एसीपी विकास कौशिकले पत्रकारलाई बताए ।

गुरुग्राम प्रहरीले सामाजिक सञ्जालमा कुनै पनि पोस्ट वा इमेलमार्फत भ्रामक बम धम्की वा गलत जानकारी दिएको पाइएमा कानुनी कारबाही गरिने जनाएको छ । एएनआई

 

 

वि.सं.२०८१ भदौ ५ बुधवार ०९:०२ मा प्रकाशित

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डाको सेनाले सन् १९७६ मा एन्टेबे विमानस्थलमा गरिएको ऐतिहासिक बन्धक...

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग छिट्टै कूटनीतिक सम्झौता...

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

बोगोटा । पेरुको नाज्का सहरनजिक शनिबार युरोपेली पर्यटक बोकेको एउटा...

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

वासिङ्टन । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वका सहयोगी...

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजा सहर । युद्ध अन्त्य गर्ने सम्भावित सम्झौतामा हमासले सहमति...

स्पेन–मोरक्को सीमामा गम्भीर संकट

स्पेन–मोरक्को सीमामा गम्भीर संकट

म्याड्रिड । स्पेनको उत्तर अफ्रिकास्थित स्वायत्त सहर स्यूटामा दुई दिनको...