back
CTIZAN AD

राष्ट्र संघद्वारा सोमालियालाई २ करोड ८६ लाख अमेरिकी डलर मानवीय सहायता

वि.सं.२०८१ भदौ ५ बुधवार

633 

shares

मोगादिसु । संयुक्त राष्ट्र सङ्घीय राहत एजेन्सीले सन् २०२४ को मानवीय आवश्यकता र प्रतिक्रियाका लागि सोमालियालाई दुई करोड ८६ लाख अमेरिकी डलर विनियोजन गरेको जनाएको छ ।

सोमालिया मानवीय कोष (एसएचएप) ले यो रकम विशेषगरी समाजबाट अवहेलित र दुरदराजमा रहेकाहरुको सहायताका लागि प्रयोग गरिने मानवीय मामिला समन्वयको लागि राष्ट्रसङ्घीय कार्यालय (ओसीएच) ले बताएको छ ।

यस कोषले ओसीएच र आफ्ना ५४ साझेदारलाई सोमालियामा बाढी, पहिरो, खडेरीजस्ता सम्स्याहरुबाट सुरक्षा र समन्वय बढाउनको लागि तत्काल सहयोग प्रदान गर्न सक्षम बनाएको जनाएको छ ।

कोषले रकमलाई आपतकालिन परियोजना र एक विशिष्ट परियोजनाका लागि विनियोजन गरेको छ । साथै केन्द्रीय आपतकालीन प्रतिक्रिया कोषका लागि २० लाख अमेरिकी डलर विनियोजन गरिएको छ ।

“सबै परियोजनामा महिला, बालबालिका र अपाङ्गता भएका व्यक्तिहरूको सुरक्षा सुनिश्चित गरिएको छ । साथै, ९० प्रतिशत परियोजनाले लैङ्गिक समानताका विभिन्न क्षेत्रहरुमा योगदान पुर्याउनेछ” ओसीएचले उल्लेख गरेको छ । सिन्ह्वा

 

वि.सं.२०८१ भदौ ५ बुधवार ०९:०८ मा प्रकाशित

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डाको सेनाले सन् १९७६ मा एन्टेबे विमानस्थलमा गरिएको ऐतिहासिक बन्धक...

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग छिट्टै कूटनीतिक सम्झौता...

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

बोगोटा । पेरुको नाज्का सहरनजिक शनिबार युरोपेली पर्यटक बोकेको एउटा...

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

वासिङ्टन । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वका सहयोगी...

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजा सहर । युद्ध अन्त्य गर्ने सम्भावित सम्झौतामा हमासले सहमति...

स्पेन–मोरक्को सीमामा गम्भीर संकट

स्पेन–मोरक्को सीमामा गम्भीर संकट

म्याड्रिड । स्पेनको उत्तर अफ्रिकास्थित स्वायत्त सहर स्यूटामा दुई दिनको...