back
CTIZAN AD

कविता : बन्दैछ बेकार यो ।

वि.सं.२०८१ भदौ ८ शनिवार

1.4K 

shares

सुधिर थापा, काठमाण्डौ

कालो बादल झन् उठेर नभमा ढाकेर बढ्दै छ यो
आफैँ शान्त थियो बिशाल धरती कस्तो भएरै गयो
खेप्दैछन् कसरी असंख्य जनले भोगेर यस्तो दिन
देख्दैछन् अनि यो बिनाश सबले बुझ्दैन कोही किन ?

गर्छन् दम्भ अझै भुलेर कसरी आगो चिनेता पनि
बैशाखी अरुको लिएर किन हो लड्दै गएका अनि
लड्ने भो कुहिनो चिनेर पहरा सक्ला र के जित्न ऊ
गोला झर्छ सयौँ बलेर कसरी सक्ला र के टिक्न ऊ ।

मान्छे हिंस्रक भै बिनाश पथमा बढ्दै गएको छ यो
गर्दा झन् यसरी घमण्ड जनले सङ्हार आफ्नै भयो
मान्छे यो कमिला समान कसरी मर्दै गएका यहाँ
हाम्रो जन्मभयो अमूल्य कति यो पाइन्छ यस्तो कहाँ ।

लाखौं मानिस यी अनाथ रहँदा रोएछ धर्ती पनि
बल्दैछन् अझ यी असंख्य घर नै जल्दै रहेर अनि
कस्तो त्यो मुटु हो कठोर जनको मारेर मान्छेहरू
थुप्रै हिंस्रक छन् जनावरहरू लाग्दैन त्यस्तो बरू ।

मान्छे भन्छ हुँ सर्वश्रेष्ठ सबमा बन्दैछ बेकार यो
आफ्नै शत्रु यहाँ बनेर यसरी भो जन्म धिक्कार यो
हाम्रो लागि भयो सराप धरती बाँच्नै छ गाह्रो यहाँ
बूढा बालक यी अशक्त जन झन् भागेर जाने कहाँ ।

छन्द : शार्दूलविक्रीडित
गण : म स ज स त त गु
सङ्केत : SSS  llS  lSl  llS  SSl  SSl  S

 

वि.सं.२०८१ भदौ ८ शनिवार ०५:२८ मा प्रकाशित

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

विराटनगर । काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन भएको छ...

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...