back
CTIZAN AD

कविता : पक्षीको जीवन

वि.सं.२०८१ भदौ ८ शनिवार

1.1K 

shares

मचिन्द्र खत्री, धरान, सुनसरी

यतै बोल्छन् पक्षी, चिरबिरगरी, शब्द रसिला
यतै खोल्छन् पीडा,प्रिय वचनले,वाक्य कसिला ।
छ सानो सानो यो, घर नजिकमा दारिम फल
यतै पक्षी बस्छन् बुलबुल भँगेरी शुभ पल ।।१

बिरालाको ढाटे कुटिल मनले ढुक्छ नजिकै
चराका बच्चा या फुल गुँड डुली लुच्छ ननिकै ।
र झम्टी झम्टी माउकन पनि ऊ जीवन लिँदै
भुँडी भोकोभर्ने तरखरसँगै बस्छ कसिदै ।।२

सँगै भाले पोथी विचरणगरी वृक्ष घरमा
थिए लालाबाला सुखसयलले प्राण भरमा ।
लियो यो पापीले नमजसँगले जीवन किन ?
न सक्नू यो फिर्ता अभयसँगले जीवन दिन ।।३

सतायो पीडाले दिनभरि यता प्राण सकियो
उता अर्को रोयो तरतरगरी आँसु सकियो ।
यता भोका बच्चा उदर कहिले भर्नु छ भनि
पिता माता हेर्छन् गगनपथमा छिन्छिन अनि ।।४

अझै मान्छे ब्याधा फुल गुड बचेरा अभरमा
क्षणै पारी स्वाहा पलपल छ यो भोजन यहाँ ।
यिनै पापी छन् जीवन अभरमा जान्छ जहिले
सबै पक्षी बाच्ने दिन सहजको हुन्छ कहिले ।।५

छन्द : शिखरिणी
छन्द : य म न स भ ल गु
सङ्केत : lSS  SSS  lll  llS  Sll  l   S

शब्द र अर्थ :
बुलबुल – जुरेली
विचरण – घुमफिर
अभय – डर नभएको
उदर – पेट

वि.सं.२०८१ भदौ ८ शनिवार ०५:२७ मा प्रकाशित

फोनको घण्टी

फोनको घण्टी

बस्, अहिले त एउटा घरको कोठामा बैश सकिएका श्रीमान् र...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा चाँडोचाँडो रिसाउने छ ,निकै तिम्रो...

गजल

गजल

बिमला चन्द सानू बैतडी हाल : काठमाडौं बद्लिन्छ रूप रेखा...

गजल

गजल

एलपी पराजुली, काठमाडौँ मुस्कान तिम्रो गजब छ नानी बन्दै दिवानी...

गजल

गजल

रमा खतिवडा मैनशिखा, पोखरा  पिरोल्दै छ दिलभित्रको खतले म घायल...

सुसेली

सुसेली

सारिका बलामी ग्रीनहिल स्कुल दक्षिणकाली कक्षा ६ बन सुतली मेरी...