back
CTIZAN AD

कविता : पक्षीको जीवन

वि.सं.२०८१ भदौ ८ शनिवार

1.2K 

shares

मचिन्द्र खत्री, धरान, सुनसरी

यतै बोल्छन् पक्षी, चिरबिरगरी, शब्द रसिला
यतै खोल्छन् पीडा,प्रिय वचनले,वाक्य कसिला ।
छ सानो सानो यो, घर नजिकमा दारिम फल
यतै पक्षी बस्छन् बुलबुल भँगेरी शुभ पल ।।१

बिरालाको ढाटे कुटिल मनले ढुक्छ नजिकै
चराका बच्चा या फुल गुँड डुली लुच्छ ननिकै ।
र झम्टी झम्टी माउकन पनि ऊ जीवन लिँदै
भुँडी भोकोभर्ने तरखरसँगै बस्छ कसिदै ।।२

सँगै भाले पोथी विचरणगरी वृक्ष घरमा
थिए लालाबाला सुखसयलले प्राण भरमा ।
लियो यो पापीले नमजसँगले जीवन किन ?
न सक्नू यो फिर्ता अभयसँगले जीवन दिन ।।३

सतायो पीडाले दिनभरि यता प्राण सकियो
उता अर्को रोयो तरतरगरी आँसु सकियो ।
यता भोका बच्चा उदर कहिले भर्नु छ भनि
पिता माता हेर्छन् गगनपथमा छिन्छिन अनि ।।४

अझै मान्छे ब्याधा फुल गुड बचेरा अभरमा
क्षणै पारी स्वाहा पलपल छ यो भोजन यहाँ ।
यिनै पापी छन् जीवन अभरमा जान्छ जहिले
सबै पक्षी बाच्ने दिन सहजको हुन्छ कहिले ।।५

छन्द : शिखरिणी
छन्द : य म न स भ ल गु
सङ्केत : lSS  SSS  lll  llS  Sll  l   S

शब्द र अर्थ :
बुलबुल – जुरेली
विचरण – घुमफिर
अभय – डर नभएको
उदर – पेट

वि.सं.२०८१ भदौ ८ शनिवार ०५:२७ मा प्रकाशित

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

विराटनगर । काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन भएको छ...

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...