back
CTIZAN AD

लघुकथा : गोरखधन्दा

वि.सं.२०८१ भदौ ८ शनिवार

2.3K 

shares

मनीषकुमार शर्मा ‘समित’
मध्यपुर ठिमी, भक्तपुर

नवोदित सर्जकसँग साहित्यिक कार्यक्रममा पुन भेट भयो । भेट मै मैले गुनासो पोखेँ–

‘सर यहाँको हिजो विमोचित कृति मेरो त हातै परेन । कहाँ किन्न पाइन्छ बताइदिनुन ।’

‘के भन्नु सर मेरो कृति मेरै हातमा त परेन’ उनले उल्टै गुनासो पोखे ।

मैले उनको कुरा बुझिन ।

‘हेर्नुस त सर मैले छपाएको कृति संख्या पाँचसय, पहिलो कृति भएकोले निशुल्क वितरण गर्न विमोचन स्थलमा दुईसय कृति राखेको थिएँ । विमोचन कार्यक्रममा लगभग सय सदस्यहरूको उपस्थिति थियो । त्यो हिसाबले अझ एकसय वटा उभ्रिनु पर्ने एउटै पनि बाकीँ रहेन । मेरा बाकीँ एकसय कृति हराए । तैपनि सरलाई म उपलब्ध गराउने छु ।’ उनले प्रष्टाए ।

केही समय गफ्फिए पछि उनी छुट्टिए ।

एकछिन पछि उनको चर्को स्वर सुनियो । उनी त्यही कार्यक्रम स्थलसँगै रहेको पुस्तक बिक्री कक्षमा चर्काचर्की गर्दै थिए । कुरोकोचुरो बुझ्न म पनि त्यहाँ गएँ । मलाई देख्ने वित्तिकै उनको स्वर झन् तिख्खर भएर आयो –

‘हेर्नुस त सर मेरा हिजो हराएका १०० कृति त यहाँ बिक्रीको लागि पो राखिएको रहेछन् ।’

वि.सं.२०८१ भदौ ८ शनिवार ०५:५३ मा प्रकाशित

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

विराटनगर । काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन भएको छ...

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...