back
CTIZAN AD

मुक्तक

वि.सं.२०८१ भदौ १५ शनिवार

2.2K 

shares

निर्मलरमण पराजुली
सामाखुसी, काठमाण्डौ

१.
तिम्रो कलमी भावनाले, यो मन हुरुक्कै बन्छ
ती पीडा अनि वेदनाले, छातीमाथि डोब खन्छ
यो सहानुभूति मात्र हो कि, आत्मियता पनि
बताई देऊ न यो मन सधैँ, त्यतै डेरा सरूँ भन्छ

२.
आउ तिमी मैले जस्तै, चोखो मायाँ गरेर आऊ
छोडीदेउ सारा दुनिया अब, मेरै भर परेर आऊ
सहानुभूति हैन मायाँ, सँगै जिउने प्रण गरें
सदाका लागि मेरै दिलमा, स्थायी बसाई सरेर आऊ

३.
मायाँ गरी तिम्रै हातको वरमाला लगाउने मन छ
तिम्रा दुःख पीडा सबै साँच्चै, टाढा भगाउने मन छ
सहारा बिहिन एक्लो यात्री, ठान्दै नठान बिन्ति मेरो
तिम्रो मेरो मुटु जोडी मायाँको, दियो जगाउने मन छ

४.
मलाई उठ्न गाह्रो हुँदा, थोरै तिम्ले समाई दिए
खाऊ भनेर तातोपानी, मेरो हातमा थमाई दिए
कति खुसी हुन्थें होला, जति पीडा भए पनि
मेरो छेउमा बसी तिमी, मेरै साथमा रमाई दिए

५.
उजाड रुखझैँ मेरो जीवनमा, आयौ तिमी पालुवा बनेर
जिउने आशा दियौ मलाई,चोखो मायाँ गर्छु भनेर
मेरो मुटु जोड्ने मायाँका, राजमार्ग भत्किई टुटेको बेला
मेरो मनमा आयौ तिमी, मायाँ रूपी बाटो खनेर

वि.सं.२०८१ भदौ १५ शनिवार ०५:२४ मा प्रकाशित

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

विराटनगर । काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन भएको छ...

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...