back
CTIZAN AD

तीज विशेष सुसेली

वि.सं.२०८१ भदौ १५ शनिवार

684 

shares

सुशीला ढकाल अधिकारी ’श्री’
बानियाँटार, काठमाडौं

१.
तीज आएको
माइत जान मन
धेरै लागेको ।
२.
जान्छु माइत
स्वामी राजै दिनु है
छिट्टै साइत ।

३.
आलु तामाको
धेरै याद आउँछ
मेरी आमाको ।

४.
आमा दुःखी छिन्
छोराछोरी सम्झेर
धेरै रोकी छिन् ।

५.
भेट्न आउँछु
यो मनको तिर्सना
मेट्न आउँछु ।

६.
एक नम्बर
खुबै धेरै नाचौँला
भाँचि कम्मर ।

६.
बेथा कहेर
आफ्नो बह पोख्नुछ
जम्मा भएर ।

७.
दर खाएर
नाचौँ दिदी बहिनी
सारी लाएर ।

८.
तिजको बेला
शिवजीको मन्दिर
ठेलमठेला ।

९.
तिज आउँदा
मन मेरो फुर्कियो
खुसी छाउँदा ।

१०.
तिजको गीत
नाची गाइ रमाई

लगाऊँ प्रीत ।

वि.सं.२०८१ भदौ १५ शनिवार ०५:२४ मा प्रकाशित

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

विराटनगर । काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन भएको छ...

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...