डा. ठाकुर मोहन श्रेष्ठ, काठमाडौं
१.
स्वीकार्नु शर्त माया मिलाएको रहरको
टुट्छन सपना सदाचारको अभावको मुल्य साँचेको छु
खेप्दै पचाउनु दर्द मिसाएको जहरको
२.
तनमन बिसाउनु छ उकाली पहरको
किन चिन्ता झरि बादलको उँडौ परेवाझैँ काग छुट्ने छन्
बन्दिनु छ है आँट मेरो हरेक प्रहरको
३.
नचढेका शिखर तथा प्रेमिल नहरको
जिन्दगीका पीडा माझी भै तार्ने छु हार नखानु बाज मेरी
नियाल्दै बुझौं हलचल तूफानी लहरको
४.
ताल सुर शब्द चढाऔं कोपीला कहरको
गाउँ मिलेका मन महल टासेका सहरमा गुम्सेका छन्
मनका प्यास मिटाऔं जोसिला सहरको
५.
सजिनु घारमा परानी रानु कै ठहरको
भर हुन्न जिन्दगी माया गाँसेर बिताऔँ भुल्दै सारा कहर
हुनेछौं घाटमा खरानी कर्म कै डहरको।
पातः १६ अक्षेर, मुना २१अक्षर
वि.सं.२०८१ भदौ १५ शनिवार ०५:२६ मा प्रकाशित