back
CTIZAN AD

कम्पालामा भ्रष्टाचारको विरोधमा नग्न प्रदर्शनमा उत्रिएका तीन युवती पक्राउ

वि.सं.२०८१ भदौ १८ मंगलवार

1K 

shares
कम्पाला ।  युगान्डा प्रहरीले पूर्वी अफ्रिकी राष्ट्रमा भ्रष्टाचारको विरोधमा जुलुस निकाल्ने क्रममा सोमबार राजधानी कम्पालामा तीन अर्धनग्न प्रदर्शनकारीलाई पक्राउ गरेको छ ।
यस वर्षको सुरुमा युवाहरूको नेतृत्वमा भएको सरकार विरोधी प्रदर्शनसँग जोडिएको युगान्डा स्वतन्त्रता अभियन्ता भनेर चिनिने नागरिक समाजका सदस्य महिलाहरूलाई संसदतर्फ जाँने क्रममा पक्राउ गरी हिरासतमा लिइएको थियो ।
ती महिलाहरूले महिला र बालबालिकाको भविष्य बचाऔँ, भ्रष्टाचार अन्त्य गरौँ भन्ने नारा लगाएका थिए ।
“युगान्डा गरिब होइन, ‘तिनीहरू’ले हाम्रो सम्पत्ति चोरिरहेका छन्,” एउटा प्लेकार्डमा लेखिएको थियो ।
एक वकिल इरोन किइजाले एएफपीलाई भने, “त्यहाँ तीनजना युवतीहरू भ्रष्टाचारको विरोध गरिरहेका थिए र उनीहरूलाई पक्राउ गरी अहिले कम्पाला सेन्ट्रल प्रहरी स्टेशनमा हिरासतमा राखिएको छ ।”
“उनीहरुलाई के अभियोग लगाइएको हो भन्ने खुल्न सकेको छैन,” उनले थपे । युगान्डामा भ्रष्टाचार एक प्रमुख मुद्दा हो । अधिकारीहरू सार्वजनिक धेरै ठूला घोटालाहरूमा समावेश रहेको पाइएको छ । ट्रान्सपरेन्सी इन्टरनेशनलको भ्रष्टाचार सूचकांकमा युगान्डा १८० देशहरू मध्ये १४१ औँ स्थानमा छ ।
यस वर्षको सुरुमा, संयुक्त राज्य अमेरिका र बेलायतले कथित भ्रष्टाचारको आरोपमा यहाँको संसद्का सभामुख अनिता अमोङ र दुई पूर्व मन्त्रीहरू सहित युगान्डाका धेरै अधिकारीहरूमाथि प्रतिबन्ध लगाएका छन् । एएफपी

वि.सं.२०८१ भदौ १८ मंगलवार ०८:१६ मा प्रकाशित

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिस । फ्रान्स र साउदी अरबले पेरिसनजिकै ६ अर्ब युरो...

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

पछिल्लो समय युवाहरू खर्च घटाउने तत्कालीन उपायभन्दा भविष्यमा उपयोगी हुने...

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

इस्लामाबाद । पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा शनिबार सुरक्षाकर्मीको टोलीलाई लक्षित...

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका...

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

(बेइजिङ, रोयटर्स) । चीनको बेइजिङमा आयोजित विश्व ह्युमनोइड रोबोट खेलकुद...

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

हङकङ । चिनियाँ प्रविधि कम्पनी अलिबाबाले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा...