back
CTIZAN AD

युक्रेनमा भएको रुसी मिसाइल आक्रमणमा ४९ को मृत्यु, २१९ घाइते

वि.सं.२०८१ भदौ १९ बुधवार

1.1K 

shares
किएभ । युक्रेनमा भएको रुसी मिसाइल आक्रमणमा ४९ जनाको मृत्यु र दुई सय १९ जना घाइते भएका छन् ।
युक्रेनको मध्यपूर्वी क्षेत्रमा एक सैन्य तालिम केन्द्र र नजिकैको अस्पतालमा दुई वटा रुसी ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार भएको युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले मङ्गलबार बताए ।
अधिकारीहरूले आक्रमण सोही नामको क्षेत्रको राजधानी पोल्टावा सहरमा भएको बताए । पोल्टावा किएभबाट करिब तीन सय ५० किलोमिटर दक्षिणपूर्वमा रहेको छ । रुसको सीमा नजिकै रहेको यो सहर किएभ र युक्रेनको दोस्रो सबैभन्दा ठूलो सहर खार्किभ बीचको मुख्य राजमार्ग र रेलमार्गमा छ ।
नौ सय दिनभन्दा पनि धेरैअघि सन् २०२२ फेब्रुअरी २४ मा युद्ध सुरु भएपछि यो आक्रमण रुसी सेनाले गरेको सबैभन्दा घातक आक्रमण भएको देखिन्छ ।
“(पोल्टावा सैन्य) सञ्चार संस्थानको भवनहरूमध्ये एक आंशिक रूपमा नष्ट भएको थियो, मानिसहरूले आफैँलाई भग्नावशेषमुनि पाएका थिए, धेरै मानिसलाई बचाइएको छ”, जेलेन्स्कीले आफ्नो टेलिग्राम च्यानलमा पोस्ट गरिएको भिडियोमा भने, “उद्धार कार्यमा सबै आवश्यक सेवाहरू समावेश छन् ।”
उनले घटनाको ‘पूर्ण र द्रुत जाँच’ को आदेश दिए । उनले थप कुनै विवरण दिएनन् ।
धेरै मानिस बम आश्रय स्थलतर्फ जाँदै गर्दा हवाई आक्रमणको चेतावनी जारी भएलगत्तै क्षेप्यास्त्रहरू प्रहार भएका थिए । युक्रेनको रक्षा मन्त्रालयले आक्रमणलाई ‘बर्बरतापूर्ण’ भनेको छ । उद्धार टोली र चिकित्सकहरूले २५ जनालाई बचाएको रक्षा मन्त्रालयले विज्ञप्तिमा बताएको छ । तीमध्ये ११ जनालाई भग्नावशेषबाट बाहिर निकालिएको थियो ।
पोल्टावाका गभर्नर फिलिप प्रोनिनले बुधबारदेखि तीन दिने शोकको घोषणा गरेका छन् । “पोल्टावा क्षेत्र र सम्पूर्ण युक्रेनका लािग ठूलो त्रासदी”,उहाँले आफ्नो टेलिग्राम पेजमा लेखेका छन् “दुश्मनलाई निश्चित रूपमा मानवताविरुद्धको सबै अपराधको जवाफ दिनुपर्छ ।”
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मङ्गोलियाको भ्रमण गरेकै दिन उक्त आक्रमण भएको हो । कथित युद्ध अपराधमा अन्तर्राष्ट्रिय वारेन्टमा पुटिनलाई पक्राउ गर्ने मागलाई मङ्गोलियाले ध्यान दिने कुनै सङ्केत थिएन ।
युक्रेनी राष्ट्रपति जेलेन्स्कीले पश्चिमी साझेदारहरूसँग सैन्य सहायताको तत्काल डेलिभरी सुनिश्चित गर्नका लागि आफ्नो अपिललाई दोहोर्याए ।
यसअघि उनले अमेरिका र युरोपेली मुलुकहरूसँग सहयोगको आफ्नो वाचाहरू पूरा गर्न ढिलो भएको भन्दै आलोचना गरेका थिए । एपी

वि.सं.२०८१ भदौ १९ बुधवार ०८:१८ मा प्रकाशित

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिस । फ्रान्स र साउदी अरबले पेरिसनजिकै ६ अर्ब युरो...

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

पछिल्लो समय युवाहरू खर्च घटाउने तत्कालीन उपायभन्दा भविष्यमा उपयोगी हुने...

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

इस्लामाबाद । पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा शनिबार सुरक्षाकर्मीको टोलीलाई लक्षित...

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका...

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

(बेइजिङ, रोयटर्स) । चीनको बेइजिङमा आयोजित विश्व ह्युमनोइड रोबोट खेलकुद...

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

हङकङ । चिनियाँ प्रविधि कम्पनी अलिबाबाले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा...