back
CTIZAN AD

कविता : प्रेम उपासक

वि.सं.२०८१ भदौ २२ शनिवार

1.3K 

shares

विदुर अधिकारी, चितवन

प्यारी हौ तिमी,जीवनको घर
तिम्रा साधना, छन् अति सुन्दर
बन्छ्यौ कामिनीझैँ मनमोहक
शोभा हौ तिमी, प्रेम उपासक
(१)

नाच्छ्यौ उर्वशीझैँ अति सुन्दर
हाँस्छ्यौ रुक्मिणीझैँ खुब सादर
बोल्छ्यौ प्रेमले, छैन कुनै धक
शोभा हौ तिमी,प्रेम उपासक
(२)

सोच्छ्यौ भोलिको,निम्ति छ के कम
भन्छ्यौ भूमिमा, कर्म छ उत्तम
छैनौ प्रेममा, दुष्ट अराजक
शोभा हौ तिमी, प्रेम उपासक
(३)

तिम्रा नेत्र छन्, सौम्य सधैँभर
तिम्रा केश झन्, दिव्य मनोहर
तिम्रा सिर्जना, वर्णन लायक
शोभा हौ तिमी, प्रेम उपासक
(४)

रम्भा हौ तिमी,स्वर्ण परीसरि
चुम्छ्यौ सिर्जना, हेर सधैँभरि
तिम्रा प्रेरणा, छन् सुखदायक
शोभा हौ तिमी,प्रेम उपासक
(५)

छन्द : नरेश्वर
गण : म य स ल ल
संकेतः SSS lSS llS l l
यति :५ अक्षरमा

वि.सं.२०८१ भदौ २२ शनिवार ०५:५३ मा प्रकाशित

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...

गजल

गजल

अनुराग अरुण, लुभु, ललितपुर जसमा निकै आत्मीय प्यार हुन्छ हरपल...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा तिम्रो मौनताको के नै नाम...