back
CTIZAN AD

भाकपा (मार्क्सवादी) का महासचिव सीताराम येचुरीको निधन, मोदीद्वारा दुःख व्यक्त

वि.सं.२०८१ भदौ २८ शुक्रवार

996 

shares
नयाँदिल्ली ।  भारतीय कम्युनिष्ट पार्टी (मार्क्सवादी) का महासचिव सीताराम येचुरीको बिहीबार निमोनियाका कारण निधन भएको छ ।
उनलाई अगस्ट १९ मा दिल्लीको एम्समा भर्ना गरिएको थियो । उनलाई पहिला आपत्कालीन वार्डमा भर्ना गरिएको थियो र फेरि गहन चिकित्सा एकाइ (आइसियु) मा स्थानान्तरण गरिएको थियो ।
सिपिआई (एम) का नेता हन्नान मोल्लाले भने, “सिपिआई (एम) का महासचिव सीताराम येचुरी रहनुभएन, उहाँलाई एम्समा भर्ना गरिएको थियो ।”
उनले येचुरी लोकतन्त्र, धर्मनिरपेक्षता, एकता र मुलुकको एकताबद्ध प्रगतिको पक्षमा बलियो आवाज  रहेको  बताए ।
बहत्तर वर्षीय येचुरीको बिहीबार दिउँसो स्थानीय समयानुसार ३ः०५ बजे निधन भएको एम्सले पुष्टि गरेको छ ।  परिवारले उनको शरीर शिक्षण र अनुसन्धान उद्देश्यका लागि एम्स, नयाँदिल्लीलाई दान गरेको छ ।
बत्तीस वर्षसम्म सिपिएम पोलिटब्युरोमा रहेका र सन् २०१५ देखि पार्टीको महासचिवका रूपमा काम गरेका येचुरी प्रमुख भारतीय राजनीतिज्ञ थिए । यसबाहेक उनले सन् २००५ देखि सन् २०१७ सम्म भारतीय संसद्को माथिल्लो सदन राज्यसभामा पश्चिम बङ्गालको प्रतिनिधित्व गर्नुभएको थियो ।
यसैबीच भारतीय कम्युनिष्ट पार्टी (मार्क्सवादी) ले आफ्नो महासचिव येचुरीको निधनमा श्रद्धाञ्जलि अर्पण गर्दै दिल्लीस्थित आफ्नो पार्टीको झन्डा आधा झुकाएर शोक व्यक्त गरेको छ ।
‘वामपन्थको अग्रणी ज्योति’– प्रधानमन्त्री मोदी
यसैबीच प्रधानमन्त्री नरेन्द्र मोदीले येचुरीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै अनुभवी नेता येचुरीलाई ‘वामपन्थको अग्रणी ज्योति’ भनेका छन् । उनले भने, “यो दुःखद् घडीमा म उहाँको परिवार र शुभचिन्तकहरूको साथमा छु ।”
सामाजिक सञ्जाल एक्समा गरेको पोस्टमा प्रधानमन्त्री मोदीले येचुरीमा राजनीतिक स्पेक्ट्रमसँग जोडिन क्षमता थियो भन्दै उनले प्रभावकारी सांसदका रूपमा आफ्नो छाप छाडेको बताए ।
राष्ट्रपति द्रौपदी मुर्मूले पनि दुःख व्यक्त गर्दै सिपिआई (एम) का महासचिवको आवाज भिन्नै र प्रभावशाली रहेको बताइन्  ।
आइडिया अफ इन्डियाका रक्षक– राहुल गान्धी
लोकसभामा विपक्षी नेता तथा कांग्रेस नेता राहुल गान्धीले बिहीबार येचुरीको निधनप्रति दुःख व्यक्त गरे ।
सामाजिक सञ्जाल प्लेटफर्म एक्समा येचुरीसँगको तस्बिर सेयर गर्दै  उनले भने, “सीताराम येचुरीजी साथी हुनुहुन्थ्यो, हाम्रो मुलुकलाई गहिरोसँग बुझ्ने भारतको विचारको संरक्षक ।”
“दुःखको यस घडीमा उहाँको परिवार, इष्टमित्र र अनुयायीहरूप्रति मेरो गहिरो समवेदना”, उनले पोस्ट गरेका छन् । एएनआई

वि.सं.२०८१ भदौ २८ शुक्रवार ०८:१० मा प्रकाशित

सिटी एक्सप्रेसमार्फत नेपाल पैसा पठाउँदा सेवा शुल्क नलाग्ने

सिटी एक्सप्रेसमार्फत नेपाल पैसा पठाउँदा सेवा शुल्क नलाग्ने

काठमाडौं । सिटी एक्सप्रेसमार्फत विश्वका विभिन्न मुलुकबाट नेपाल पैसा पठाउँदा...

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिस । फ्रान्स र साउदी अरबले पेरिसनजिकै ६ अर्ब युरो...

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

पछिल्लो समय युवाहरू खर्च घटाउने तत्कालीन उपायभन्दा भविष्यमा उपयोगी हुने...

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

इस्लामाबाद । पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा शनिबार सुरक्षाकर्मीको टोलीलाई लक्षित...

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका...

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

(बेइजिङ, रोयटर्स) । चीनको बेइजिङमा आयोजित विश्व ह्युमनोइड रोबोट खेलकुद...