back
CTIZAN AD

जेनेभा पुगेका भारतीय विदेश मन्त्रीले भने,’भारत-चीनबीचको सम्बन्ध धेरै जटिल छ’

वि.सं.२०८१ भदौ २८ शुक्रवार

801 

shares
जेनेभा ।  भारतीय विदेशमन्त्री एस जयशङ्करले बिहीबार भारत–चीन सम्बन्धलाई ‘जटिल’ बताएका छन् ।
उनले दुवै मुलुकबीचको व्यापार मुद्दामाथि लामो समयदेखि चलिरहेको सङ्घर्षलाई प्रकाश पार्दै चीनसँग आर्थिक सम्बन्ध ‘अनुचित र असन्तुलित’ रहेको बताए ।
विदेशमन्त्री जयशङ्करको उक्त टिप्पणी जेनेभा सेन्टर फर सिक्योरिटी पोलिसीमा राजदूत जिन–डेभिड लेभिटसँगको छलफलका क्रममा आएको हो ।
“यो (भारत–चीन सम्बन्ध) अत्यन्तै जटिल सम्बन्ध हो… इतिहासमा यिनीहरूको खराब समय थियो, उनीहरू दुवै पुनर्जीवित भइरहेका छन् र एक किसिमले कायाकल्प गरिरहेका छन्, उनीहरू एक मात्र दुई देश हुन् जसको जनसङ्ख्या एक अर्बभन्दा धेरै छ”, उनले भने, “कुनै मुलुकको उदय हुँदा यसको प्रभाव छिमेकमा पर्छ र यी दुवै मुलुकलाई एकअर्काको छिमेकी भएको सम्मान पनि प्राप्त हुन्छ, त्यसैले मैले जटिल जस्तो सुरक्षित अभिव्यक्ति शब्द किन चयन गरेँ भन्ने तपाईं समग्रतामा बुझ्न सक्नुहुन्छ ।”
उनले दुवै मुलुकबीच अतीतमा कठिन सम्बन्ध रहेको र सन् २०२० मा गलवान उपत्यकामा भारतीय र चिनियाँ सैनिकबीच भिडन्त भएको बारेमा बताए । “अतीतमा हाम्रो सम्बन्ध सहज थिएन, सन् २०२० मा जे भयो त्यो धेरै सम्झौताको उल्लङ्घन थियो, चीनले ठूलो सङ्ख्यामा सैनिकहरूलाई वास्तविक नियन्त्रण रेखामा बढायो… चीनसँग सीमा वार्तामा केही प्रगति भयो”, उनले भने ।
उनका अनुसार सैनिक फिर्तीको ७५ प्रतिशत समस्या समाधान भइसकेको बताए ।
भारतीय विदेश मन्त्रालयका अनुसार विशेष रूपमा भारत र चीनले अगस्ट २९ मा बेइजिङमा डब्लुएमसिसीको ३१औँ बैठक गरेका थिए र दुवै पक्षले सान्दर्भिक द्विपक्षीय सम्झौता र प्रोटोकलअनुसार संयुक्त रूपमा सीमावर्ती क्षेत्रमा शान्ति कायम राख्ने निर्णय गरेका थिए ।
विदेशमन्त्रीले सीमा मुद्दाबाहेक दुवै मुलुकले प्रविधि, दूरसञ्चार र डिजिटलसहित अन्य क्षेत्रमा पनि कठिनाइको सामना गरेको बर्ता । “मलाई लाग्छ भारत–चीन सम्बन्धमा ठूला मुद्दाहरू छन्, व्यापार मुद्दामा हाम्रो लामो सङ्घर्ष छ, चीनसँग आर्थिक सम्बन्ध अत्यन्त अन्यायपूर्ण छ”, उनले भने, “यो धेरै असन्तुलित छ, हामीसँग त्यहाँ बजार पहुँच छैन, भारतमा उसको बजारसम्म राम्रो पहुँछ छ, प्रविधि, दूरसञ्चार, डिजिटलजस्ता विभिन्न क्षेत्रमा आज हाम्रा धेरै चिन्ता छन् ।”

वि.सं.२०८१ भदौ २८ शुक्रवार ०८:१९ मा प्रकाशित

सिटी एक्सप्रेसमार्फत नेपाल पैसा पठाउँदा सेवा शुल्क नलाग्ने

सिटी एक्सप्रेसमार्फत नेपाल पैसा पठाउँदा सेवा शुल्क नलाग्ने

काठमाडौं । सिटी एक्सप्रेसमार्फत विश्वका विभिन्न मुलुकबाट नेपाल पैसा पठाउँदा...

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिस । फ्रान्स र साउदी अरबले पेरिसनजिकै ६ अर्ब युरो...

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

पछिल्लो समय युवाहरू खर्च घटाउने तत्कालीन उपायभन्दा भविष्यमा उपयोगी हुने...

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

इस्लामाबाद । पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा शनिबार सुरक्षाकर्मीको टोलीलाई लक्षित...

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका...

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

(बेइजिङ, रोयटर्स) । चीनको बेइजिङमा आयोजित विश्व ह्युमनोइड रोबोट खेलकुद...