बिके मुखिया, दार्जिलिङ, भारत
तिमी साथ आए जिन्दगानी सुखी हुन्थ्यो
दुवैको सफल यात्रा सुखद जिन्दगी हुन्थ्यो
नदीको बगरमा एक सानो कुटी हुन्थ्यो
निशामा उज्यालो शून्यको चाँदनी हुन्थ्यो
नयनले सधैँ खोजेर बस्थे तिमीलाई
नदेख्दा मेरो मनमा निकै खल्बली हुन्थ्यो
बने प्रेमको रोगी बिमारी छ छातीमा
तिमीले गरे माया ठुलै ओखती हुन्थ्यो
तिमी छ्यौ परीजस्ती म एक्लो छु आवारा
म तिम्रै हुँ भनिदेऊ मेरो मन खुसी हुन्थ्यो
बहर : तवील
वजन : १२२ १२२२ १२२ १२२२
काफिया बन्धन : ई
रदिफ : हुन्थ्यो
वि.सं.२०८१ असोज १२ शनिवार ०५:४० मा प्रकाशित





























