back
CTIZAN AD

इराकमा पाँच लाख प्रतिबन्धित लागूपदार्थ क्याप्टागन गोली जफत

वि.सं.२०८१ कात्तिक २ शुक्रवार

600 

shares
बगदाद । प्रतिबन्धित उत्तेजक पदार्थको बढ्दो व्यापारसँग जुधिरहेको इराकमा बिहीबार पाँच लाखभन्दा बढी क्याप्टागत गोली जफत गरिएको इराकी अधिकारीहरूले घोषणा गरेका छन् ।
इराक एम्फेटामाइन प्रकारको लागूपदार्थको प्रमुख मार्गका रूपमा रहेको छ र मुलुकका अधिकारीहरूले नियमित रूपमा क्याप्टागनको ठूलो मात्रा जफत गरेको घोषणा गर्छन् । यसमा अधिकांश तस्करी युद्धग्रस्त सिरियासँगको छ सय किलोमिटर खुला सीमा पार गरेर गरिन्छ ।
“छिमेकी मुलुकबाट आएको तरकारीको खेपमा ढुवानी गरिएका पाँच लाखभन्दा बढी क्याप्टागन गोली जफत गरिएको छ”, इराकको राष्ट्रिय सुरक्षा सेवाले विज्ञप्तिमा भनेको छ, “इराकको पश्चिमी अनबर प्रान्तमा केही दिनसम्म ढुकेर बसेपछि सिरियासँग जोडिएको क्षेत्रबाट यो खेप जफत गरिएको हो ।”
मूल रूपमा ‘ट्रान्जिट’ मुलुक भए पनि विशेषगरी क्याप्टागन र क्रिस्टल मेथाम्फेटामाइन जस्ता लागूपदार्थको प्रयोगमा इराकले हालैका वर्षहरूमा ठूलो तस्करीको सामना गरिरहेको छ ।
इराकी अधिकारीहरूले सन् २०२३ मा मात्र हालसम्मकै सबैभन्दा बढी दुई करोड ४० लाख क्याप्टागन गोली जफत गरेको संयुक्त राष्ट्रसङ्घको जुलाईको प्रतिवेदनमा उल्लेख छ । यो करिब चार दशमलव एक टन बराबर हो र यसको अनुमानित खुद्रा मूल्य आठ करोड ४० लाख डलरदेखि १४ करोड४० लाख डलरको बीचमा रहेको छ ।
क्याप्टागनका मुख्य बजारहरू रहेका यस क्षेत्रका सरकारहरूले तेल समृद्ध खाडी मुलुकहरूको दबाबमा तस्करीलाई नियन्त्रण गर्न आफ्ना प्रयासहरूलाई तीव्रता दिएका छन् । एएफपी

वि.सं.२०८१ कात्तिक २ शुक्रवार ०८:४९ मा प्रकाशित

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग छिट्टै कूटनीतिक सम्झौता...

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

बोगोटा । पेरुको नाज्का सहरनजिक शनिबार युरोपेली पर्यटक बोकेको एउटा...

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

वासिङ्टन । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वका सहयोगी...

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजा सहर । युद्ध अन्त्य गर्ने सम्भावित सम्झौतामा हमासले सहमति...

स्पेन–मोरक्को सीमामा गम्भीर संकट

स्पेन–मोरक्को सीमामा गम्भीर संकट

म्याड्रिड । स्पेनको उत्तर अफ्रिकास्थित स्वायत्त सहर स्यूटामा दुई दिनको...

सेउटा सीमा पार गर्ने क्रममा १८ आप्रवासीको मृत्यु

सेउटा सीमा पार गर्ने क्रममा १८ आप्रवासीको मृत्यु

मोरक्कोबाट स्पेनको स्वायत्त क्षेत्र सेउटा प्रवेश गर्ने प्रयासका क्रममा कम्तीमा...