back
CTIZAN AD

युक्रेन र मध्यपूर्वबारे छलफल गर्न  अमेरिकी राष्ट्रपति बाइडेन जर्मनी जाँदै

वि.सं.२०८१ कात्तिक २ शुक्रवार

663 

shares
वासिङ्टन ।  अमेरिकी राष्ट्रपति जो बाइडेन बिहीबार रुसविरुद्ध युक्रेनको बढ्दो निराशाजनक लडाइँलाई बलियो बनाउन सहयोगीहरूसँग वार्ता गर्न जर्मनीको द्रुत बिदाइ यात्रामा निस्कएका छन् ।
इजरायलले हमास प्रमुख याह्या सिनवारलाई गाजामा सैन्य कारबाहीमा मारिए कि भनेर अनुसन्धान गरिरहेको बताएपछि बाइडेनले मध्यपूर्वमा बढ्दो सङ्कटबारे पनि छलफल गर्ने अपेक्षा गरिएको थियो ।
बर्लिनको २४ घन्टे छोटो भ्रमणमा बाइडेनले जर्मन चान्सलर ओलाफ सोल्ससँग भेट गर्नुहुनेछ । त्यसपछि उनीहरू दुवैजना फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोन र बेलायती प्रधानमन्त्री केइर स्टार्मरसँग वार्तामा सामेल हुने बताइएको छ ।
युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसँग बैठक र किएभका सहयोगीहरूको प्रमुख शिखर सम्मेलनमा सहभागी हुन बाइडेन मूल रूपमा गता साता जर्मनीको बहुदिने भ्रमणमा जान लागेका थिए तर फ्लोरिडातर्फ मिल्टन आँधी अघि बढेपछि उहाँले भ्रमणलाई स्थगित गरेका थिए ।
ह्वाइट हाउसले भनेको छ, “प्रमुख नाटो सहयोगी जर्मनीको छोटो पुनः तालिकाबद्ध भ्रमणले अमेरिका र जर्मनीले सहयोगी र मित्रका रूपमा साझा गरेको नजिकको सम्बन्धलाई थप बलियो बनाउनेछ र रुसी आक्रमणविरुद्ध युक्रेनको रक्षा तथा मध्यपूर्वका घटनाहरू समावेश भएका भू–राजनीतिक प्राथमिकताहरूमा समन्वय गर्नेछ ।”
यस वर्षको प्रारम्भमा रुससँग कैदी आदानप्रदान सम्झौता सहज बनाउन सहयोग गरेकामा सोल्सलाई धन्यवाद दिन पनि भ्रमण गर्न बाइडेन उत्सुक भएको अमेरिकी अधिकारीहरूले बताएका छन् । उक्त सम्झौताअन्तर्गत अमेरिकी पत्रकार इभान गेर्शकोभिच मुक्त भएका थिए ।
यद्यपि बाइडेनको ध्यान युक्रेनमा केन्द्रीत हुनेछ । सन् २०२४ जुलाईमा ह्वाइट हाउसको दौडबाट बाहिरिएका बाइडेन कार्यालयको अन्तिम तीन महिनामा किएभका लागि पश्चिमी सैन्य सहायता एकीकृत गर्न उत्सुक छन् ।
युद्ध सुरु भएको साढे दुई वर्षभन्दा बढी भइसक्दा किएभ विस्तारै स्थिर रूपमा आफ्नो पूर्वी डोनबास क्षेत्रमा भूमि गुमाइरहेको छ र बाहिर निस्कने रणनीति बनाउने बढ्दो दबाबमा छ । युक्रेनले पश्चिमी समर्थन बढाएर रणनीति सुरु हुनुपर्ने बताएको छ ।
बाइडेनले बुधबार युक्रेनका राष्ट्रपति जेलेन्स्कीसँगको फोन वार्तामा युक्रेनका लागि हवाई सुरक्षामा बख्तरबन्द वाहनहरूसहित चार अर्ब ४२ करोड ४५ लाख डलरको नयाँ हतियार प्याकेजको घोषणा गरेका थिए ।
सन् २०२२ को रुसी आक्रमणविरुद्धको युक्रेनको लडाइँमा अमेरिका सबैभन्दा ठूलो सैन्य सहायता प्रदायक हो । त्यसपछि दोस्रोमा जर्मनी रहेको छ । एएफपी

वि.सं.२०८१ कात्तिक २ शुक्रवार ०८:५७ मा प्रकाशित

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग छिट्टै कूटनीतिक सम्झौता...

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

बोगोटा । पेरुको नाज्का सहरनजिक शनिबार युरोपेली पर्यटक बोकेको एउटा...

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

वासिङ्टन । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वका सहयोगी...

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजा सहर । युद्ध अन्त्य गर्ने सम्भावित सम्झौतामा हमासले सहमति...

स्पेन–मोरक्को सीमामा गम्भीर संकट

स्पेन–मोरक्को सीमामा गम्भीर संकट

म्याड्रिड । स्पेनको उत्तर अफ्रिकास्थित स्वायत्त सहर स्यूटामा दुई दिनको...

सेउटा सीमा पार गर्ने क्रममा १८ आप्रवासीको मृत्यु

सेउटा सीमा पार गर्ने क्रममा १८ आप्रवासीको मृत्यु

मोरक्कोबाट स्पेनको स्वायत्त क्षेत्र सेउटा प्रवेश गर्ने प्रयासका क्रममा कम्तीमा...