back
CTIZAN AD

आइएमएफद्वारा सन् २०२४ र २०२५ मा केही सुस्त विश्व आर्थिक वृद्धिको पूर्वानुमान 

वि.सं.२०८१ कात्तिक ७ बुधवार

714 

shares
वासिङ्टन ।  यस वर्ष विश्वको आर्थिक वृद्धि केही घटेर तीन दशमलव दुई प्रतिशत हुने र सन् २०२५ मा पनि यही स्तरमा रहने अनुमान गरिएको अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ) ले मङ्गलबार घोषणा गरेको छ ।
साथै कोषले स्थिर आँकडाहरूले क्षेत्रीय र क्षेत्रगत ‘महत्त्वपूर्ण’ परिवर्तनहरूलाई लुकाएको चेतावनी दिएको छ।
आफ्नो नयाँ विश्व आर्थिक आउटलुक (डब्लुइओ) प्रतिवेदनमा कोषले विश्वव्यापी मुद्रास्फीति घट्दै गई यस वर्ष पाँच दशमलव आठ प्रतिशत हुने र सन् २०२५ मा चार दशमलव तीन प्रतिशतमा झर्ने अनुमान गरेको छ।
“हामीले आर्थिक वृद्धिमा ठूलो गिरावट वा विश्वव्यापी मन्दी बिना नै मुद्रास्फीति सही दिशातर्फ जाँदै गरेको देखिरहेका छौँ”, प्रतिवेदन प्रकाशनअघि एएफपीसँगको अन्तर्वार्तामा आइएमएफका मुख्य अर्थशास्त्री पियरे–ओलिभियर गौरिन्चासले भने, “हाम्रो आधारभूत विश्लेषणमा विकसित अर्थतन्त्रहरूमा (मुद्रास्फीति) सन् २०२५ मा केन्द्रीय बैंकको लक्ष्यमा फर्किनेछ र उदीयमान बजारहरूका लागि ‘केही लामो समय’ लाग्नेछ ।”
कोषको डब्लुइओ प्रतिवेदनले सन् २०२९ सम्ममा कमजोर विश्व वृद्धि तीन दशमलव एक प्रतिशतमा झर्ने अपेक्षा गर्दै त्यस मापनमा बढ्दो जोखिमहरूको चेतावनी दिएको छ।
पछिल्लो छ महिनामा भइरहेका ‘महत्त्वपूर्ण क्षेत्रगत र क्षेत्रीय परिवर्तनहरू’ को चेतावनी दिँदै कोषले सन् २०२५ सम्मको वृद्धिको तुलनात्मक रूपमा शान्त दृष्टिकोणअन्तर्गत तस्विर एकरूप नभएको बतायो ।
डब्लुइओको प्रकाशन विश्व अर्थतन्त्रको स्वास्थ्यबारे छलफलका लागि विश्वभरका वित्तमन्त्री र केन्द्रीय बैंकरहरूलाई एकत्रित गर्ने आइएमएफ र विश्व बैंकको वार्षिक बैठक वासिङ्टनमा सुरु भएको एक दिनपछि आएको हो।
अमेरिकामा बलियो वृद्धि
युरो क्षेत्रको विस्तार सुस्त रहेको तथ्यसँग ठीक विपरीतप्रतिवेदनले संयुक्त राज्य अमेरिका विश्व वृद्धिको इन्जिनको रूपमा रहेको पाएको छ ।
विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र यस वर्ष दुई दशमलत आठ प्रतिशतले बढ्ने अपेक्षा गरिएको छ । यो सन् २०२३ को दुई दशमलव नौ प्रतिशतबाट सामान्य घटेको हो । यद्यपि अझै पनि जुलाईको कोषको अघिल्लो अनुमानभन्दा केही राम्रो छ।
त्यसपछि सन् २०२५ मा यो केही घटेर दुई दशमलव दुई प्रतिशत हुने अपेक्षा गरिएको छ । “अमेरिकी अर्थतन्त्रले धेरै राम्रो गरिरहेको छ”, बलियो उत्पादकत्व वृद्धि र आर्थिक वृद्धिमा आप्रवासनको वृद्धिको सकारात्मक प्रभावतर्फ सङ्केत गर्दै गौरिन्चासले भने ।
युरोपमा वृद्धि अझै माथि जाँदै गए पनि ऐतिहासिक मापदण्डअनुसार कम छ । यस वर्ष शून्य दशमलव आठ प्रतिशतमा सीमित हुने र सन् २०२५ मा केही बढेर एक दशमलव दुई प्रतिशत पुग्ने देखिन्छ।
फ्रान्स र स्पेनले सन् २०२४ को आफ्नो दृष्टिकोणमा सुधार देखेका छन् । ‘निर्माणमा लगातार कमजोरी’ उल्लेख गर्दै आइएमएफले जर्मनीको वृद्धि अनुमान यस वर्ष शून्य दशमलव दुई प्रतिशत विन्दु र अर्को वर्ष आधा प्रतिशत विन्दुले घटायो ।
बेलायतमा केही राम्रो समाचार देखिएको छ । यहाँ ‘घट्दो मुद्रास्फीति र ब्याजदरले आन्तरिक मागलाई उत्प्रेरित’ गर्ने भएकाले सन् २०२४ र २०२५ दुवैमा वृद्धि बढ्ने अनुमान गरिएको छ ।
चीन र भारत सुस्त
आइएमएफका अनुसार जापानको वृद्धि यस वर्ष तीव्र रूपमा घटेर शून्य दशमलव तीन प्रतिशतमा झर्ने अपेक्षा गरिएको छ । ‘वास्तविक ज्याला वृद्धि बलियो हुँदै जाँदा निजी उपभोगले बढावा दिने’ भएकाले त्यसपछि अर्को वर्ष १.१ प्रतिशतमा बढ्नेछ ।
कोषले चीनको आर्थिक उत्पादन वृद्धि निरन्तर खुम्चिने अपेक्षा गरेको छ । कोषले गत वर्षको पाँच दशमलव दुई प्रतिशतबाट यस वर्ष चार दशमलव आठ प्रतिशतमा झर्ने र त्यसपछि सन् २०२५ मा अझै घटेर चार दशमवल पाँच प्रतिशत पुग्ने अनुमान गरेको छ ।
भारतमा गिरावट अझ स्पष्ट देखिने छ । भारतमा आइएमएफले सन् २०२३ को आठ दशमलव दुई प्रतिशतबाट घटेर यस वर्ष सात प्रतिशतले वृद्धि हुने अनुमान गरेको छ। ‘महामारीको समयमा जम्मा भएको दबाइएको माग’ सकिँदै जाँने हुनाले त्यसपछि यो अझै घटेर छ दशमलव पाँच प्रतिशतमा झर्नेछ ।
आइएमएफले मध्यपूर्व र मध्य एसियामा वृद्धि यस वर्ष केही बढेर दुई दशमलव चार प्रतिशत पुग्ने तथा तेल र जहाज यातायातमा भएका अस्थायी अवरोधहरू घट्दै जाँदा सन् २०२५ मा तीन दशमलव नौ प्रतिशतमा पुग्ने अपेक्षा गरेको छ।
उप–सहारा अफ्रिकामा आइएमएफले यस वर्ष वृद्धि तीन दशमलव छ प्रतिशतमै अपरिवर्तित रहने र मौसमी झड्काहरू कम हुँदै जाँदा र आपूर्ति अवरोधहरू घट्दै जाँदा सन् २०२५ मा चार दशमलव दुई प्रतिशत पुग्ने पूर्वानुमान गरेको छ।

वि.सं.२०८१ कात्तिक ७ बुधवार ०८:३६ मा प्रकाशित

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

काठमाडौँ । फिफा विश्वकप–२०२६ फुटबल प्रतियोगिताअन्तर्गत राउण्ड अफ ३२ को खेलमा...

विश्वकप फुटबलः अफ्रिकालाई पराजित गर्दै क्यानडा प्रिक्वार्टरफाइनलमा प्रवेश

विश्वकप फुटबलः अफ्रिकालाई पराजित गर्दै क्यानडा प्रिक्वार्टरफाइनलमा प्रवेश

काठमाडौँ । दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा फिफा विश्वकप फुटबल २०२६...

भेनेजुएला भूकम्प : २४ देशबाट सहायता र सयौँ उद्धारकर्मी प्राप्त

भेनेजुएला भूकम्प : २४ देशबाट सहायता र सयौँ उद्धारकर्मी प्राप्त

काराकास, भेनेजुएला । भेनेजुएलामा केही दिनअघि देशलाई झट्का दिने विनाशकारी...

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

। वासिङ्टनले अमेरिका–इरान समझदारीले खाडी सहयोग परिषद् (जीसीसी) राज्यहरूको सार्वभौमिकता,...

आँधीले जापानमा उडान प्रभावित

आँधीले जापानमा उडान प्रभावित

टोकियो । दुई शक्तिशाली उष्णकटिबन्धीय आँधी जापानतर्फ अघि बढेसँगै देशका...

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

ला गुआइरा (भेनेजुएला) । उत्तरी भेनेजुएलामा बुधबार राति एक मिनेटभन्दा...