back
CTIZAN AD

बेरुतको उत्तरमा इजरायली आक्रमण हुँदा सात बालबालिकासहित २३ को मृत्यु

वि.सं.२०८१ कात्तिक २६ सोमवार

714 

shares
बेरुत ।राजधानी बेरुतको उत्तरी भेगमा रहेको अल्माट गाउँमा भएको इजरायली आक्रमणमा सात बालबालिका सहित २३ जनाको मृत्यु भएको लेबनानको स्वास्थ्य मन्त्रालयले आइतबार जनाएको छ ।
एएफपिटिभीको फुटेजमा उद्धारकर्ताहरूले खाली हातले पूर्ण रूपमा ध्वस्त भएको घरको भग्नावशेषबाट कम्बलमा लपेटिएका शवहरू बाहिर निकाल्दै उत्खननकर्ताले भग्नावशेष हटाइरहेको देखाइएको छ ।
बेरुतबाट करिब ३० किलोमिटर टाढा रहेको अल्माटको शिया मुस्लिम बहुल गाउँ प्रायः इसाई क्षेत्रमा अवस्थित छ । यो दक्षिण बेरुत र दक्षिण र पूर्वी लेबनानको हिजबुल्लाहको परम्परागत गढ बाहिर छ । यहाँ इजरायलले सेप्टेम्बरको अन्त्यदेखि इरान समर्थित आन्दोलन विरुद्धको युद्धमा भारी बमबारी गरेको छ ।
“जेबिल जिल्लाको अल्माटमा इजरायली शत्रुको आक्रमणमा सात बालबालिकासहित २३ जनाको मृत्यु भएको छ, तर यो अद्यावधिक गरिएको अन्तिम सङ्ख्या भने होइन”, स्वास्थ्य मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ । घटनास्थलबाट शरीरका अङ्गहरू बरामद गरिएको र पहिचान भइरहेको पनि मन्त्रालयले बताएको छ ।
एएफपीका तस्बिरहरूले भत्किएको घरसम्म जाने भ¥याङको फेदमा टुक्रिएको कङ्क्रिट र छतको बाङ्गिएको धातुको संरचनाको थुप्रो देखाएका थिए ।
जेबिल जिल्लाको प्रतिनिधित्व गर्ने संसद्हरू मध्ये एक हिजबुल्लाह सांसद रायद बेरो आक्रमण स्थलमा उपस्थित भई हिजबुल्लाहका सदस्यहरू वा हतियारहरू नागरिकहरूमा समाहित भएको इजरायली दाबीलाई अस्वीकार गरे ।
“महत्त्वपूर्ण सैन्य र सुरक्षा व्यक्तित्वहरू सामान्यतया पछाडि नभई अग्रभागमा हुन्छन्” उनले भने, “भग्नावशेषमुनि बालबालिका, वृद्ध पुरुष र महिला मात्रै छन् ।”
इजरायलले सेप्टेम्बर २३ देखि मुख्यतया लेबनानमा रहेका हिजबुल्लाहका गढहरूमा हवाई आक्रमण तीव्र पारेको थियो र एक हप्तापछि स्थल सेना पठाएको थियो ।
यो तीव्रता हमासको सन् २०२३ अक्टोबर ७ को इजरायलमाथिको आक्रमणपछि सुरु भएको गाजा युद्धमा आफ्नो मित्र हमासलाई समर्थन गर्दै हिजबुल्लाहले गरेको लगभग एक वर्षको कम–तीव्रताको सीमापार आक्रमणपछि आएको हो ।
लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार सीमापार आदानप्रदान सुरु भएयता तीन हजार एक सय ३० भन्दा बढी मानिसहरू मारिएका छन् तीमध्ये धेरैजसो सेप्टेम्बर २३ यताका छन् । एएफपी

वि.सं.२०८१ कात्तिक २६ सोमवार ०८:५३ मा प्रकाशित

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग छिट्टै कूटनीतिक सम्झौता...

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

बोगोटा । पेरुको नाज्का सहरनजिक शनिबार युरोपेली पर्यटक बोकेको एउटा...

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

वासिङ्टन । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वका सहयोगी...

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजा सहर । युद्ध अन्त्य गर्ने सम्भावित सम्झौतामा हमासले सहमति...

स्पेन–मोरक्को सीमामा गम्भीर संकट

स्पेन–मोरक्को सीमामा गम्भीर संकट

म्याड्रिड । स्पेनको उत्तर अफ्रिकास्थित स्वायत्त सहर स्यूटामा दुई दिनको...

सेउटा सीमा पार गर्ने क्रममा १८ आप्रवासीको मृत्यु

सेउटा सीमा पार गर्ने क्रममा १८ आप्रवासीको मृत्यु

मोरक्कोबाट स्पेनको स्वायत्त क्षेत्र सेउटा प्रवेश गर्ने प्रयासका क्रममा कम्तीमा...