back
CTIZAN AD

छन्दमा गुन्जिए दाङका कविहरू

वि.सं.२०८१ मंसिर १ शनिवार

1.3K 

shares

दाङ । राप्ती साहित्य परिषद् दाङ शाखाले नियमित मासिक कार्यक्रम अन्तर्गत ७१ औँ श्रृङ्खलामा छन्दसङ्गम कार्यक्रम परिषदको सभाहलमा सम्पन्न गरिएको छ ।
राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङका अध्यक्ष यम रेग्मीको अध्यक्षता तथा वरिष्ठ साहित्यकार उत्तमकृष्ण मजगैँयाको प्रमुख आतिथ्यता तथा राप्ती साहित्य परिषद् केन्द्रका सल्लाहकार पुरुषोत्तम खनालको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

लेखक सङ्घ दाङका अध्यक्ष खगराज न्यौपाने, नेपाली लेखक सङ्घ दाङका अध्यक्ष डा.हिमलाल पन्थी, साहित्यकारहरू सूर्यनाथ सापकोटा, हरिप्रसाद पौडेल “स्वर्णशिखा” धनसिंह गिरी, महेशकुमार न्यौपाने वीना रोका, नारदप्रसाद भण्डारी लगायत एक दर्जनभन्दा बढी छन्द कविहरूले आ–आफ्नो छन्दका सिर्जना वाचन गरेका थिए भने वाचित रचनाहरूको समीक्षा वरिष्ठ साहित्यकार नारायण नेपालले गरेका थिए ।

राप्ती साहित्य परिषद् केन्द्रका अध्यक्ष डा. टीकाराम उदासी, राप्ती साहित्य परिषद् दाङ शाखाका सल्लाहकार तथा सिस्नोपानी नेपालका दाङ शाखाका अध्यक्ष डा.लोककराज पराजुली, राप्ती साहित्य परिषद् दाङ शाखाका सल्लाहकार कमलमणि देवकोटा, राप्ती साहित्य परिषद् दाङ शाखाका सल्लाहकार तथा निवर्तमान अध्यक्ष दीपक शर्मा “समीर“साहित्यकार डा.खेमराज मल्ल ,नगेन्द्र गुरु, जन्मजय शाह’ कुलबहादुर ओली, एकनारायण चापागाईं, श्यामप्रसाद देवकोटा, होताराम अधिकारी, रिमा गौतम, एलिना डाँगी लगायतको गरिमामय उपस्थिति रहेको थियो ।
राप्ती साहित्य परिषद् दाङ शाखाकी सहसचिव वीणा रोकाको स्वागत् मन्तव्यबाट शुभारम्भ भएको कार्यक्रमको सञ्चालन सचिव घनश्याम केसीले गरेका थिए ।

वि.सं.२०८१ मंसिर १ शनिवार ०९:३२ मा प्रकाशित

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...

गजल

गजल

अनुराग अरुण, लुभु, ललितपुर जसमा निकै आत्मीय प्यार हुन्छ हरपल...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा तिम्रो मौनताको के नै नाम...