back
CTIZAN AD

गोरखाली समाज फ्रान्समा नयाँ कार्यसमिति चयन, देउसीभैलो पनि खेलियो

वि.सं.२०८१ मंसिर १ शनिवार

2.3K 

shares

गोरखाली समाज फ्रान्सको अधिबेशन नयाँ कार्यसमिति निर्वाचन गर्दै सम्पन्न भएको छ । पेरिसको उत्तर तर्फ जोडिएको ओबरभिलिय शहरको अर्याल निबासमा सम्पन्न गोरखाली समाज फ्रान्सले एक दिबसीय तीन चरणमा भब्य र अति उल्लासमय कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा नेपाली राजदूत सुधीर भट्टराईको प्रमुख आथित्यता रहेको थियो । सो अवसरमा राजदूत पत्नी,समाजका प्रमुख अभिभाबक एबम साहित्यकार हरिहर अर्याल, अभिभाबकहरू ई निर्मल अर्याल,सुक गुरूंग, सुरेंद्र काप्री , कार्य समितिका महानुभाबहरूका साथै बिभिन्न मैत्री संगठनका अध्यक्ष लगायत स्थानिय कलाकारहरु र सयौको सङ्ख्यामा गोरखाली एबम नेपालीहरूको सहभागीता थियो ।

अतिथीहरूको आशन ग्रहणको क्रममा अश्मिता अधिकारी, अश्मिता श्रेष्ठ र नन्दिता अर्यालले गादा लगाई उनीहरूको स्वागत गरेका थिए । कार्यक्रमको सभापतित्व समाजका अध्यक्ष रामेश्वर श्रेष्ठले गरेका थिए भने उपाध्यक्ष सुजनराज भट्टले कार्यक्रम सञ्चालन गरेका थिए । प्रमुख अतिथि र कार्यृक्रमका सभापतिद्वयले पानशमा दीप प्रज्ज्वलन गरेर कार्यक्रमको शुभारम्भ भए पश्चात नेपाली राष्ट्रिय गान गाईएको थियो ।

तत् पश्चात प्रमुख अभिभाबक हरिहर आर्यालले स्वागत मनतब्य दिए भनें ग्लोबल गोरखाली समाजका अध्यक्षय गोकर्ण ढकाल र गोरखाली समाज बेल्जियमका अध्यक्ष राम घलेले अधिवेशन सफलताको शुभकामना दिएका थिए । यसपछि महामहिमको सारगर्भित शुभकामना मनतब्य दिएका थिए । सभापति रामेश्वर श्रेष्ठले प्रस्तुत गरेको समाजको क्रियाकलापको साथै आर्थिक प्रतिबेदन छलफलपछि पारित गरिएको थयो ।

दोस्रो चरणको निर्बाचन कार्यक्रममा समितिका संयोजक हरिहर आर्यालले समितिका सद्स्यहरू सुक गुरूंग र सुजन भट्टराईको साथमा निर्बाचन सम्बंधित नियमाबली र प्रक्रियाको बारेमा जानकारी दिँदै सहमतीय आधारमा निर्बाचित १७ सदस्यीय कार्य समितिको नामाबली घोषणा गरेका थिए ।

नयाँ कार्यसमितिको अध्यक्षमा सञ्जीब देबकोटा, उपाध्यक्षद्वयमा सुजनराज भट्ट र नानू देबकोटा, महासचिबमा सुजन बन्जारा, सहसचिबमा राजन सिंखडा, कोषाध्यक्षमा कुल तामांग, सहकोषाध्यक्षमा बर्ता गुरूंग छन् भने सदस्यमा जीवन आले मगर, रबिना सिंखडा, सम्झना भट्ट, रन्जीत श्रेष्ठ, सबिन राना मगर, कुमार श्रेष्ठ, सुदीप दबाड़ी, नवराज बगाले, जीत घले र बिष्णु दबाड़ी निर्बाचित भएका छन् ।

नवनिर्बाचित पदधिकारीहरू र सदस्यहरूलाई निर्बाचन समितिका महानुभाबहरू र प्रमुख अतिथिले बधाई र कार्य सफलताको शुभ कामना ब्यक्त गर्दै प्रमाण पत्र प्रदान गरेका थिए । नव निर्बाचित साथीहरुलाई सुरेंद्र काप्री, निर्मल अर्यालले बधाई दिए । नब निर्बाचित अध्यक्ष सञ्जीब देबकोटाले समाजको लक्ष्य प्राप्त गर्न आफूहरू काम गर्ने प्रतिबद्धता ब्यक्त गर्दै सबैलाई धन्यबाद दिए ।

सभापति रामेश्वर श्रेष्ठले पनि नयाँ कार्य समितिलाई बधाई दिदै कार्य सफलताको शुभ कामना ब्यक्त गर्दै कार्यक्रम सफल पार्न काम गर्ने पुरानो कार्य समिति, घरबेटी, स्वयं सेबक, आर्थिक सहयोगी र उपस्थित सबैलाई धन्यबाद दिदै अधिबेशन भित्रको दुई सत्र विसर्जन भइ साँस्कृतिक देउश्री भैलो कार्यक्रम प्रारम्भ हुने घोषणा गरेका थिए ।

तेस्रो चरणको देउश्रीभैलो कार्यक्रमको प्रारम्भमा सुजनराज भट्ट र बीरू खड़काको सुरिलो स्वर र देउश्री भैलीको मीठो भङ्गीले सबै सहभागीहरूलाई मोहित बनायो । सहभागीहरूको दान दक्षिणाबाट समाजको आपत्तकालीन कोषमा झन्डै २५०० युरो बृद्धि हुन पुगेकोछ । उल्लासमयका साथ भोजन पछि कार्यक्रम २२.00 बजे समाप्त भयो ।

 

वि.सं.२०८१ मंसिर १ शनिवार १८:५८ मा प्रकाशित

आरटीपी, नर्थ क्यारोलाइनामा ‘आरटीपी दशैं कप’ को तयारी सुरु

आरटीपी, नर्थ क्यारोलाइनामा ‘आरटीपी दशैं कप’ को तयारी सुरु

आरटीपी, नर्थ क्यारोलाइना । नर्थ क्यारोलाइनाको आरटीपी (Research Triangle Park)...

एनआरएनए क्षेत्रीय सम्मेलनलाई सफल बनाउन अध्यक्ष डा. हेमराज शर्माको आग्रह

एनआरएनए क्षेत्रीय सम्मेलनलाई सफल बनाउन अध्यक्ष डा. हेमराज शर्माको आग्रह

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का केन्द्रीय अध्यक्ष डा....

मध्यपूर्वमा रहेका नेपालीलाई संयम अपनाउन राजदूतावासको आग्रह

मध्यपूर्वमा रहेका नेपालीलाई संयम अपनाउन राजदूतावासको आग्रह

काठमाडौं । कुवेतस्थित नेपाली राजदूतावासले मध्यपूर्व क्षेत्रमा बढ्दो सुरक्षा चुनौतीलाई...

एनआरएन ऐनलाई प्राथमिकताका साथ संसदमा लैजाने कानुनमन्त्री गौतमको प्रतिबद्धता

एनआरएन ऐनलाई प्राथमिकताका साथ संसदमा लैजाने कानुनमन्त्री गौतमको प्रतिबद्धता

काठमाडौं। कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शोभिता गौतमले गैरआवासीय...

गैरआवासीय नेपाली नागरिकता र अधिकारकाे कार्यान्वयनमा सरकार अघि बढ्ने

गैरआवासीय नेपाली नागरिकता र अधिकारकाे कार्यान्वयनमा सरकार अघि बढ्ने

काठमाडौं । गैरआवासीय नेपाली (एनआरएन) का अधिकार, नागरिकता ऐनको प्रभावकारी...

ओएनएफ नर्वे टि-१० क्रिकेट रनिङ शिल्डको उपाधि हिमालयन भाइकिङलाइ

ओएनएफ नर्वे टि-१० क्रिकेट रनिङ शिल्डको उपाधि हिमालयन भाइकिङलाइ

प्रेम परियार, नर्वे । प्रवासी नेपाली एकता मञ्च (ओएनएफ) नर्वेको...