नवराज न्यौपाने ’मौन’
सँगै बस्ने थियो आशा टुट्यो है बाध्यताले
वचन राम्रो दिएँ मैले कहाँ ल्यायो कलाले
विधाताले मलाई नै ठगेको हुन्छ माया
सधैंँ सम्झिहेको छु दुख्यो जीवन क्षुधाले
कहाँ तिम्रो गला मीठो कहाँ मेरो रुवाइ
छ तानेको हदैसम्मन् प्रियााको सम्झनाले
दिएँ मैले थियो जे जे मिलेको जिन्दगीमा
सधैँ पर्खी बसेको हो हिमाली कन्दराले
प्रिया बाँचे म फर्कन्थेँ सबै पीडा भुलेर
सधैं जीवन फुलोस् तिम्रो हरोस् बाधा निशाले
भिजे हरपल परेली सब बितेका दिन नियाल्दा
गरी स्वागत यतै आऊ भन्यो साथी घडाले
बहरःहजज मुसम्मन महजुफ
अर्कानःमुफाईलुन् मुफाईलुन् मुफाईलुन् फऊलुन्
वजनः१२२२ १२२२ १२२२ १२२
काफियाः आ स्वर
तहलिली रदिफः ले
(स्रोतः परिश्रमी पाठशाला)
वि.सं.२०८१ मंसिर २९ शनिवार ०५:४३ मा प्रकाशित