back
CTIZAN AD

बलरा नगरपालिका-४ का पूर्ववडाध्यक्ष झाको निधन

वि.सं.२०८१ पुस ४ बिहीवार

615 

shares

जनकपुरधाम । सर्लाहीको बलरा नगरपालिका–४ का पूर्ववडाध्यक्ष केशव झाको ८५ वर्षको उमेरमा आज निधन भएको छ । एक सातादेखि निमोनिया र श्वासप्रश्वाससम्बन्धी रोगबाट ग्रसित उहाँको उपचारका क्रममा आज निधन भएको उनको भतिजा नरेश झाले जानकारी दिए ।

समाजसेवी तथा कुशल राजनीतिज्ञ झा पञ्चायतकालदेखि राजनीतिमा सक्रिय थिए । विसं २०५६ मा बलरा गाविस अध्यक्ष पदमा निर्वाचित भएका उनी विसं २०७४ को स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट बलरा नगरपालिका–४ को वडाध्यक्ष पदमा निर्वाचित भएका थिए । झाका श्रीमती, एक छोरा र चार छोरी छन् ।

झाको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै बलरा–४ मा आज शोक बिदा दिएको वडाध्यक्ष मणिभूषण सिंहले जानकारी दिए । सिंहद्वारा जारी सार्वजनिक सूचनामा वडाभित्रका सम्पूर्ण सरकारी कार्यालय, संस्था तथा विद्यालय आज बन्द गर्ने निर्णय भएको उल्लेख छ । मृदुभाषी स्वभावका झाको निधनले कुशल राजनीतिज्ञ र समावसेवीे गुमाएको उनले बताए ।

यसैबीच, सङ्घीय सांसद अमरेशकुमार सिंहले आज एक शोक सन्देश जारी गर्दै बलरा–४ का पूर्ववडाध्यक्ष, कुशल समाजसेवी एवं राजीतिज्ञ झाको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोकाकूल परिवारजनमा धेर्यधारण गर्ने क्षमता प्राप्त होस् भन्ने कामना गरेका छन् ।

 

वि.सं.२०८१ पुस ४ बिहीवार १३:५३ मा प्रकाशित

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

स्याङ्जा । “समृद्ध भविष्यको आधार, जलवायु एवं प्रकृतिमैत्री विकास” भन्ने...

आजदेखि लागू हुने गरी अण्डाको नयाँ मूल्य निर्धारण

आजदेखि लागू हुने गरी अण्डाको नयाँ मूल्य निर्धारण

नारायणगढ (चितवन) । नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको फार्म समर्थन...

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

स्याङ्जा । विश्व वातावरण दिवसको अवसरमा डिभिजन वन कार्यालय स्याङ्जा...

गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै

गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै

महोत्तरी । महोत्तरीका स्थानीय तहले एकपछि अर्को गर्दै पछिल्लो साता...

हुम्लामा आगलागीबाट तीनतले घर नष्ट

हुम्लामा आगलागीबाट तीनतले घर नष्ट

हुम्ला । गए राति सिमकोट गाउँपालिका–७ का महेन्द्रबहादुर शाहीको तीनतले...

राजेश हमालको अभिव्यक्तिपछि सीमा बहस फेरि चर्चामा

राजेश हमालको अभिव्यक्तिपछि सीमा बहस फेरि चर्चामा

काठमाडौं । नेपाल–भारत सीमा विवादका विषयमा सामाजिक सञ्जालमा चर्चित अभिनेता...